चैतन्य पाठशालाले एसई.ई. २०८० को ब्याचलाई शुभकामना तथा बधाई कार्यक्रम गरी बिधाई गरेको छ ,

486 

धनगढी असार १९, धनगढीमा रहेको शिक्षा र संस्कारको संगम चैतन्य पाठशालाले एसई.ई. २०८० को ब्याचलाई शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । पाठशालाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई शुभकामना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उच्च शिक्षाको कामना गर्दै सिकेको संस्कारले जीवनभर काम लाग्ने र यसले आगामी दिनहरुमा सहज हुने कुरा विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले बताए । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका सह प्रधानाध्यापक रमेश क्षेडालले विद्यार्थीको उत्तरोउत्तर प्रगतिको कामना  व्यक्क्त गरेका थिए  । 

कार्यक्रमको अध्यक्षता पाठशालाका पिटीए अध्यक्ष  ईश्वर गिरीको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै गिरीले अङ्क गणितीयमा भन्दा पनि व्यवहारले उत्कृष्ट जि.पी.य. ल्याउनु पर्ने  व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अभिभावक , कक्षा ९(१० का विद्यार्थीहरु सहभागी भएका थिए । भने एस.ई.ई. मा सहभागी विद्यार्थीहरुलाई सम्मान पत्र , मायाको चिनो  प्रदान गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस