चैतन्य पाठशालाले गर्यो २११ औँ भानुजयन्ती भव्यताकासाथ सम्पन्न

663 

असार २८ , धनगढी । धनगढी ५ मा रहेको चैतन्य पाठशालाले २११औँ भानु जयन्ती तथा कविता प्रतियोगिता बिबिध कार्यक्रम गरी मनाएको छ । पाठशालाले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्म जयन्तीको अवसरमा कविता प्रतियोगिता, बिद्यालयको वार्षिक पत्रिका ’चैतन्य मञ्जरी’ को लोकार्पण, पुरस्कार तथा प्रमाणपत्र बितरण र प्रेरक ब्यक्तीसँग साहित्यिक विमर्श कार्यक्रम गरिएको होे । वार्षिक पत्रिका ’चैतन्य मञ्जरी’ को लोकार्पण कार्यक्रमका प्रेरक उपस्थिति मदन पुरस्कार विजेता तथा साहित्यकार रामलाल जोशीलगायत विषेश उपस्थितिमा कैलाली बहुमुखी क्याम्पसका सह– प्राध्यापक तथा साहित्यकार गणेशराज जोशी र साहित्यकार कोपिला शर्माले गर्नुभएको थियो । कार्यक्रमको संयोजन तथा विद्यालयको वार्षिक पत्रिका चैतन्य मञ्जरीको प्रधान सम्पादन हेमा जोशीले गरेकी थिइन् ।

 पछिल्लो समयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु भव्य रुपमा सम्पन्न गर्दै आएको पाठशालाले यसपालि पनि भानुजयन्तीको अवसरमा कक्षा ९८–१० ० सम्मका विद्यार्थीहरुका लागि अन्तर विद्यालय कविता वाचन प्रतियोगिताको आयोजना गरि सम्पन्न गरेको छ । अन्तर बिद्यालय कविता प्रतियोगितामा ८ जना प्रतियोगी विद्यार्थीहरुले आफ्नो रचना वाचन गरेका थिए भने विभिन्न विद्यालयबाट २१ जना प्रतियोगी विद्यार्थीले प्रतिस्पर्धामा सहभागीता जनाएका थिए । कविता प्रतियोगितामा प्रथम सिसिएसकी मनस्वी बम र चैतन्य पाठशालाकी जेनि चौधरी भइन् । यस्तै द्वितीयमा वाल्मीकिकी निहारिका बि। क र दुर्गालक्ष्मी मावीकी सन्ध्या अवस्थी

र तृतीय सिद्ध बाबा एकेडेमी बेलौरीकी आर्या अवस्थी र चैतन्य पाठशालाका नेत्र कार्की भएका छन् । भने  प्रोत्साहन नन्दिनाज एकेडेमीकी रितिसा अधिकारी भएकी छिन् ।  प्रथम हुनेलाई दुई जनालाई ५÷५ हजार, द्वितीय दुई जना नगद रु। ३५ सय  ÷३५ सय र तृतीय दुई जनालाई नगदरु २५ सय÷ २५सय र प्रोत्साहन पुरस्कार एक जनालाई रु १५ सय पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले आदीकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान र उल्लेखनीय भूमिका सम्पूर्ण देशबासीले बिर्सन नहुने बताए । उनले जन्म लिन मात्र ठूलो कुरा नभएको मानिस जन्मेपछि केही उदाहरणीय काम गर्नुपर्छ भन्ने सन्देश दिएर गएको बताए । कार्यक्रम पाठशालाका पटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार रामलाल जोसी ,साहित्यकार कैलाली बहुमुखी क्याम्पसका गणेश राज जोसी ,शिक्षक पदम खड्का,अभिभावक,  बिद्यार्थी लगायतको उपस्थीती रहेको थियो ।सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ।

१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। 

प्रतिक्रिया दिनुहोस