धनगढीमा विपद जोखीम न्यूनीकरणकालागि प्रदेश स्तरीय प्रारम्भीक छलफल

837 


धनगढी। यसबर्षको मनसुन भित्रिने समय निजीकिदै गर्दा सुदुरपश्चिम प्रदेशमा विपत पुर्व र विपद्पछिको अवस्थाका लागी तयारी गर्न थालिएको छ ।

सोमबार धनगढीमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा र सुपर परियोजना अन्तरगत युरोपीयन युनियनको आर्थिक सहयोग र युएनडिपी,युनिसेफ,युएन ओमन रुडुकको सहकार्यमा सो सम्बन्धमा सरोकारबालासँग प्रारम्भिक छलफल गरिएको छ । यही जेठ १७, १८ र १९ गते नेपालगञ्जमा हुने प्रदेश स्तरीय विपद जोखीम न्यूनीकरण सम्बन्धी पुर्व तयारी सम्बन्धी टेवलटपका लागि आज धनगढीमा छलफल गरिएको हो ।

तिन दिन सम्म सञ्चालन हुने टेवलटप तथा छलफल कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली र लुम्बीनी प्रदेशबाट करिब २०० जना बिभिन्न सरोकारबालाको सहभागीता रहने जनाइएको छ। टेवलटप तथा छलफल कार्यक्रममा प्रदेशस्तरमा विपद सम्बन्धी बनेका प्रतिकार्य योजना, निती नियम कानुन तथा कार्यान्वयनको अवस्था र समेट्नुपर्ने बिषयका बारेमा छलफल गरिने युएनडिपी सुदुरपश्चिम संयोजक प्रगती भट्टराईले जानकारी दिइन् ।

यस्तै विपद सम्बन्धी बनाइएका निती नियम कानुन र योजनालाई कार्यान्वयनको चरणमा लगेर थप सहजता कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल हुने उनको भनाई छ । हालसम्म बिपद ब्यवस्थापनमा देखीएका चुनौतीलाई पनी समाधानको उपायको खोजी गरी थप समन्वयकारी भुमिका मार्फत ब्यवस्थापन गरिने युएनडिपी सुदुरपश्चिम संयोजक भट्टराईले बताइन् । उनका अनुसार विपद सम्बन्धी बिभिन्न निकाय तथा सरोकारबालाबाट सल्लाह,सुझाब लिइनुका साथै आकस्मीक योजना परिक्षण र निर्माण गरिने छ । 

कार्यक्रममा परामर्श दाता सृजन मल्ल र नरेश सुब्बाले प्रशिक्षण गराउँदै टेवलटप तिन ओटै प्रदेशमा यस्तै कार्यक्रम भैरहेको जानकारी दिएका थिए । तिनदिनसम्म बिशेषज्ञ, बिभिन्न मन्त्रालय, स्वास्थ्य बिज्ञ, फोकल पर्सन तथा टिटिएक्स टोलीद्धारा विपद् जोखीम न्युनिकरण सम्बन्धी ब्रिफिङ, छलफल, अभिमुखिकरण सञ्चालन हुने बताए ।

विपद् सम्बन्धी न्युनिकरण अभ्यासको अपेक्षित नतिजा, हालको प्रदेश र नगरपालिका विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका योजनाहरू र संस्थाहरु, मोडालिटीको दिशानिर्देश बारेमा र आकस्मिक योजना निर्माण का बारेमा छलफल पनी गरिने बताए । प्रदेशमा भुकम्प, आगलागी, बाढीपहिरो चट्याङ्ग लगायतको निकै जोखीम छ । सुपर परियोजनाले सुदुरपश्चिमका बिभिन्न जिल्लाका स्थानिय तह कैलालीको धनगढी उपमहानगर,डडेल्धुराको अमरगढी तथा बझाङ्गको जयपृथ्वी नगरपालीकामा विपद् जोखीम न्युनिकरणका लागी बिभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा PEOC का वरिष्ठ अधिकृत, सुरक्षा बल,नेपाली सेना, डिभिजन, सशस्त्र प्रहरी बल नेपाल, प्रादेशिक मुख्यालय, नेपाल प्रहरीको प्रादेशिक, स्वास्थ्य निर्देशक, विमानस्थलप्राधिकरण,FNCCIका प्रदेश सदस्य, मिडिया, अपाङ्गता र सीमान्तकृत समुदाय, विद्युत प्राधिकरण दूरसंचार अधिकारी लगायत सरोकारबालाको सहभागीता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस