पशु कल्याण संघ धनगढीलाई एसपीएका उप प्राध्यापक जोशीद्धारा २० हजार सहयोग

6.3K 

धनगढी। गौ संरक्षण सेवामा खटिदै आएको पशु कल्याण संघ धनगढीलाई आर्थिक सहयोग गरिएको छ । धनगढीस्थीत सुदुरपश्चिमाञ्चल ऐकेडेमी कलेजका उप प्राध्यापक भरत जोशीले भोकभोकै बस्न बाध्य भएका पशु चौपायाका लागी नगद रु २० हजार सहयोग गरेका हुन् ।

उप प्राध्यापक जोशीले धनगढी वडा नम्बर ३ को गौशाला तथा गोदावरी वडा नम्बर ५ गेटामा रहेको गौशालाका पशुचौपायाको औषधी तथा पशु आहाराका लागी उक्त रकम सहयोग गरिएको बताए ।साथै सडकमा छाडा छोडिएका घाईते अवस्थाका पशुचौपायाको उपचारमा सहयोगले केही न केही मात्रामा राहात पुग्ने उदेश्यले सहयोग गरिएको बताए। 

पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज (यस्पाल )अवस्थीका अनुसार उनले एक महिनाका लागी आर्थिक सहयोग गरेका हुन् । मनकारी र परोपकारी भावना भएका उप प्राध्यापक जोशीले भुषा पराल, खाद्यान्न तथा औषधी उपचारका लागी साथ र सहयोग गरेको भन्दै पशु कल्याण धनगढी समितीका अध्यक्ष अवस्थीले धन्यवाद ब्यक्त गरे ।

गौ संरक्षणका लागी बनाइएका गौशालामा पशुचौपायाका लागी आवस्यक आहारा तथा उपचारमा आर्थिक अभाव हुने गरेको छ ।पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज यस्पाल अवस्थी समय समयमा विभिन्न ठाँउ तथा सडकमा छाडिएका गाईहरुको उपचार सहित आहारा खुवाउने कार्यक्रम राख्दै आएका छन्। गौ संरक्षणका बिभिन्न सहयोगीदाताबाट संलकन भएको रकमले जेनतेन चलिरहेपनी सरकारी स्तरबाट थप सहयोग हुन सकिरहेको छैन् । 


प्रतिक्रिया दिनुहोस