555 |
धनगढी। धनगढीमा जारी प्रथम सन्ध्याकालिन साँस्कृतिक मिनी मेला सम्पन्न भएको छ । यही जेठ १ गते देखी १९ गतेसम्म धनगढी वडा नम्बर १ को खुला मञ्चमा सञ्चालित सांस्कृतिक मिनी मेला आज सम्पन्न भएको हो ।
आज (शनिवार) एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा टिएन जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । सांस्कृतिक मिनी मेलामा स्थानिय कलाकारको प्रस्तुती, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुल्ला गायन प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको आयोजक द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीका सञ्चालक केशब बलायरले बताए।
यस्तै बाल उद्यान(रोटेपिङ्ग, मिक्की माउस, ढुंगापिङ्ग आदि), चर्खा लगायत मनोरञ्जनका सामाग्री मार्फत मनोरञ्जन प्रदान गरिएको थियो। खानपिनका स्टल, इच्छुक व्यापारिक स्टलहरु, विभिन्न स्टल राखिएका थिए। आयोजकका सञ्चालक बलायरले पर्यटन पवर्द्धन, सांस्कृतिक कार्यक्रमद्वारा मानिसलाई स्वस्थ्य,मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पहिलो पटक प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेला आयोजना गरिएको बताए। मिनी मेला समापन कार्यक्रममा बिभिन्न ब्यक्ती, सहयोगी संस्थालाई मायाको चिनो र प्रशँसा पत्र प्रदान गरिएको थियो।