270 |
बैतडी,पुस २४। बैतडी एक युवकको भारतमा मृत्यु भएको छ।रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका सुर्नया-७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको मृत्यु भएको हो।
परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। एक्कासी बिरामी भएका लुहारको मृत्यु भएको बताइएको छ। मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन्।रोजगारी गर्दै आएका लुहारको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ ।