कैलाली जनपुस्तकालयले आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न, नन्दिनाज धनगढीकी रिद्धिसा प्रथम

483 

धनगढी। कैलाली जनपुस्तकालय, धनगढीले २११औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय (आधारभूत तह, कक्षा १-८) कविता प्रतियोगिता आज एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ। 

कैलाली र कञ्चनपुर जिल्लाका २३ विद्यालयका २३ जना बिद्यार्थीहरु  सहभागी रहेको सो प्रतियोगितामा नन्दिनाज एकेडेमी, धनगढीका रिद्धिसा अधिकारी प्रथम, एक्सिस विद्याश्रम धनगढीका मिसन उपाध्याय द्वितीय, सैनिक आवासीय महाविद्यालय, तेघरी, कैलालीका विश्वास बोहरा तृतीय, डिलाइट इङ्गलिस बोर्डिङ्ग स्कुल, धनगढी र त्रिभुवन मावि बोराडाँडी,धनगढीका जेनिसा जोशी र विवेचना अवस्थीले सान्त्वना स्थान ओगटेका छन् । कविता प्रतियोगिताका विजेताहरूलाई २०८१ असार २९ गते भानु जयन्ती विशेष समारोहमा पुरस्कार तथा सम्मानपत्र वितरण गरिने कार्यक्रम संयोजक हर्क बोहराले बताए । कबिता प्रतियोगिता कैलाली जनपुस्तकालयका  कार्यवाहक अध्यक्ष शिवराज ओझाको अध्यक्षता र उपमहानगरपालिका वार्ड नं १ का अध्यक्ष सन्तोष मुडभरीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा थुप्रै साहित्यकार तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कबिता प्रतियोगिता कार्यक्रमका संयोजक  हर्क बोहराले संचालन गरेको कार्यक्रममा पुस्तकालयका सह-सचिव सुभाष सङ्कल्प भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

कबिता प्रतियोगितामा बिद्यार्थीहरुले आफुसित भएका अन्य प्रतिभाहरु गित, गजल, पनि प्रस्तुत गरेका थिए। कैलाली जनपुस्तकालयले विभिन्न अवसर पारेर बिद्यार्थी लक्षित अतिरिक्त क्रियाकलापहरु  गर्दै आइरहेको छ। भानु जयन्ती, मोती जयन्ती, देबकोटा जयन्ती, पुस्तकालय दिवस जस्ता महत्वपूर्ण दिनहरुलाइ बिबिध कार्यक्रम गर्दै मनाउदै आइरहेको छ।

बिद्यार्थीहरुमा पठन सङ्स्कृतीको बिकास गराउने तथा अन्तरनिहित प्रतिभाको बिकास गराउने उद्देश्यका साथ पुस्तकालयले यस्ता खाले कार्यक्रमहरु  गर्दै आइरहेको पुस्तकालयका सचिव टङ्क प्रसाद जोशीले बताउनुभयो। यहि आउँदो भाद्र १५ गते पुस्तकालय दिवस पनि बिबिध कार्यक्रम गर्दै भव्यताका साथ मनाउने पनि सचिव जोशीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस