सुदुरपश्चिम सरकारमा काँग्रेसबाट अर्थ र सामाजिक मन्त्रालय, दुई मन्त्री र दुई राज्यमन्त्री

492 

साउन २१ धनगढी। सुदुरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसले दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुग्यांएको छ ।

प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री कमल बहादुर शाह सँगै आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक बिकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक बिकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्का नाम टुग्यांएकोहो । उनिहरु साढे ३ बजे मुख्यमन्त्री शाह सगैं सपथ लिदै छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने र उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईने बताइएको छ। एमालेबाट भौतिक पुर्वाधार बिकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका बिर बहादुर थापा र आन्तरिक मामिला मन्त्रीमा कञ्चनपुरकै हिरा शार्की सिफारिश हुने निश्चित भएको छ।

राज्यमन्त्रीमा भने डोटीकी निर्मला साउँद सिफारिश हुने भएकी छिन् । पाल, थापा र शार्की यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए । जेठ २८ गते मन्त्री भएका दुबैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस