सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सहित मन्त्री तथा राज्यमन्त्रीले लिए शपथ

405 

धनगढी साउन २१, सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले सोमबार मन्त्रीपरिषद्समेत विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री तथा कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूले पनि  पद तथा गोपनीयताको सपथ लिएका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास, बहादुरसिंह थापाले आर्थिक मामिला, एमालेका सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास, हिरा सार्कीले आन्तरिक मामिला तथा कानून,वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।


कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । राज्यमन्त्रीले मुख्यमन्त्री शाहबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस