नेपाल महिला संघको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

327 

साउन २४ धनगढी। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको ७८औँ स्थापना दिवस कैलालीमा पनी विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालय बिपी स्मृती भवन धनगढीमा नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गिय मंगला सिंहको स्मरण र तस्बीरमा पुस्पगुच्छा अर्पण गर्दै महिला संघको स्थापना दिवस मनाइएको नेपाल महिला संघ धनगढी नगर सभापती जागृर्ती बोगटीले बताउनुभयो।

चुलोचौकामा सीमित महिलालाई राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको हो । नेपाल महिला संघ नगर कार्यसमिति वीपी स्मृति भवन धनगढीमा कार्यक्रममा सहभागीहरुले स्व।मंगला सिंहको सम्झना स्मरण र श्रृद्धासुमन ब्यक्त गरेका थिए ।

साथै सम्पुर्ण अग्रज महिला प्रति उच्च सम्मान भेटघाट कार्यक्रम समेत गरिएको थियो । महिला अधिकारका लागि स्थापना भएको राजनीतिक संगठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिएको छ । कार्यक्रममा लोकतांत्रिक  गैसस महासंघ  (फेडन) का अध्यक्ष देव बहादुर धामी, नेपाली कांग्रेस नगर सचिव डंडीराज सुवेदी, नगर सदस्य लिला भट्ट, संघका प्रतिनिधी चक्र नेपाली लगायतको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस