444 |
धनगढी साउन २५, धनगढीका थारू समुदायले आज शुक्रबार गुरही पर्व भब्यतासात मनाएका छन् । गुरही पर्व मुल आयोजक समितिको आयोजना धनगढीको क्याम्पस चोकमा रहेको गुरही चोकमा गुरही अस्रैना कार्यक्रम गरिएको हो । युवतीहरूले फालेको गुडीयालाई युवाहरूले कोर्रा हानी गुरही मनाइएको थियो ।
गुडियालाई गाईने किराको प्रतीक मानी कोर्रा। हिर्काउदा रोगब्याधी टाढा भाग्ने विश्वास थारू समुदायमा रहेको बातचित घरका संयोजक थारू करियाप्रधानले बताए ।
सो पर्वको अवसरमा गुरही चोकमा आज शुक्रबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म चल्ने सखी सञ्जालकी अध्यक्ष उन्नती चौधरीले बताइन् ।