नेपाल परिवार दलद्धारा सुदुरपश्चिमका समस्या तथा विकास योजना सम्बन्धी छलफल

753 

साउन १७ धनगढी। नेपाल परिवार दलले सुदुरपश्चिम प्रदेशको समस्या तथा विकासका लागी योजना सम्बन्धी छलफल गरेको छ।

 शनिवार नेपाल परिवार दल कैलाली जिल्ला समन्वय समिती र सुदुरपश्चिम प्रदेश कमिटी बैठक बसि ९वटै जिल्लाका विकासका लागी योजना सम्बन्धी छलफल भएको हो । छलफलका क्रममा जिल्ला सचिव प्रकाश धामीले नेपाल परिवार दलका संयोजक खडक नागरी समक्ष प्रदेशको ९ वटै जिल्लाका विकासका लागी योजनाका बारेमा धारणा राख्नु भएको थियो ।  

प्रदेश कमिटीका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा वलिको सरकारमा परिवार दलका केन्द्रीय अध्यक्ष एवम पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकाल विच भएको ३ बुदे सम्झौता भएको थियो र अहिले सम्म किन लागु भएन भन्नेबारे प्रदेश संयोजक खडक नागरीलाई प्रश्न गर्नुभएको थियो। यस्तै प्रदेश संयोजक खडक नागरीले यो विषयका लागी केन्द्रीय अध्यक्षलाई काठमाडौंमा भेटगर्ने र सुदुरपश्चिम प्रदेश विकास लागी छलफल गरि समस्याका समाधान छिटो गर्न ध्यानाकर्षण गराउने बताउनुभयो । 

बैठकमा केन्द्रिय सदस्य विष्णु कुमारी वि के र धर्म रोकाया, कैलाली जिल्ला अध्यक्ष विशाल चौधरी। कंचनपुर जिल्ला अध्यक्ष दिपेश मल्ल र वैतडी जिल्ला अध्यक्ष सुदर्शन भट्ट कोषाध्यक्ष सिता पाठक, सह सचिव जनक बम बाजुरा जिल्ला अध्यक्ष अभिषेक थापा डोटी जिल्ला अध्यक्ष नरेश नेपाली , सदस्य नरेश दहित,गंगाराम चौधरी कंचनपुरका युवा नेता सहदेव भट्ट टिकापुर नगरपालीका का नगर इन्चार्ज प्रेम साँउद सदस्य श्याम नेपाली, विवेक जैरु लगायतका नेता कार्यकर्ता सहभागी रहेको जिल्ला सचिव प्रकाश धामीले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस