1.25K |
साउन ३० धनगढी। कैलाली बहुमुखी क्याम्पसले स्ववियुको कार्यकक्षमा ताला लगाउने विद्यार्थीहरूलाई लक्षित निकालिएको सूचनामा लेखिएको दुषित मानसिकता भएका विद्यार्थी शब्द सच्याएको छ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत केही विद्यार्थीहरूले साउन २७ गते स्ववियुको कार्यकक्षमा ताला लगाएको थियो। त्यसपछि स्ववियुले निकालेको सूचनालाई समर्थन गर्दै क्याम्पसले सो दुषित मानसिकता शब्दको प्रयोग गरेको थियो। क्याम्पसले आफ्नै विद्यार्थीहरूलाई दूषित मानसिकताका विद्यार्थी भनेपछि विद्यार्थीहरूबाटै आलोचना भएपछि क्याम्पसले त्यस शब्दलाई सच्याएको हो।
क्याम्पस प्रमुखद्धारा हस्ताक्षर सुचनामा भनिएको छ, उपरोक्त्त सम्बन्धमा मिती २०८० साउन २७ गते क्याम्पसले स्ववियुको निवेदनलाई उध्दृत गर्दै सुचना प्रकाशन गर्दा दुषित मानसिकता शब्द उल्लेख हुन गएकोले उक्त शब्द सञ्चाइएको सुचित गरिन्छ । भनेर सो शब्द सच्याइएको आज सुचना जारी गरेका छन् । साउन २७ गते बिद्यार्थी समस्या समाधान संर्धष समिती कैलाली बहुमुखी क्याम्पसले आर्थिक अनियमिता भएको भन्दै उनीहरुले स्ववियु कार्यालयमा ताला लगाएका थिए । तर स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष यमराज जोशीले आर्थिक अनियमिता सम्बन्धी कुनै तथ्य तथा प्रमाण नभेटाएको बताए । त्यसपछि लगाएको ताला खोलीएको बताएका छन् ।