कञ्चनपुरको अख्तियारमा घुस खुवाउन लगेको रकमसहित पक्राउ परेका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
336 |
धनगढी, पुस २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोग,कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।
एक लाख रुपैयाँ घुस लिएर पुगेका सापकोटा गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयबाट ध्रुवप्रसाद सापकोटा पक्राउ परेका थिए। आयोगले बिहीबार सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।सापकोटा अछामको मेल्लेख गाँउपालिकाको प्रमुख प्रशासकीय हुँदा आयोगको कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका थिए।
एक लाख रुपैयाँ घुस लिएर पुगेका सापकोटा गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयबाट पक्राउ परेका थिए। आयोगको कार्यालय कञ्चनपूरका अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजात सहितको खाम दिंदा उनलाई अनुसन्धान अधिकृतले आफैंले खोलेर दिनु भन्दा उनले बोकेको हरियो रंगको झोला भित्र रहेको पहेंलो खाममा एक लाख रुपैयाँ रहेकोमा यो के को पैसा हो ? भनी सोधपुछ गर्दा मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको भनी सापकोटाले भनेका थिए।
त्यसपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो। सापकोटाले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ।