414 |
साउन ३२ धनगढी। धनगढीको एस.पी.ए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन्। बुधवार एस.पी.ए कलेज पुगेका यु.के ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक प्रोफेसर वाल्टर्सले ३ महिना थिएटर र आर्टमा रुचि भएका विद्यार्थीहरूलाई अध्यापन गराउने भएका हुन ।
एस.पी.ए कलेजका विद्यार्थीहरूको थिएटर एण्ड आर्ट क्लबले ओ.डी.सी मा प्रस्तुत गर्नका लागि सेक्सपीयरन नाटक र अन्य स्थानी नाटकहरू निर्माण गर्न गइरहेको छ । उक्त कार्यका लागि विद्यार्थीहरू लाई प्रोफेसर क्रिस वाल्टर्सले महत्त्वपूर्ण सहयोगी भूमिका खेल्ने छन् । भने गीत संगितको निर्माण, डाइरेक्सन लगायतका विषयहरू पनि विद्यार्थीहरूलाई सिकाउने छन्।
वाल्टर्स सँग विगत ५० वर्ष देखी नाटक, थिएटर, संगीत, निर्देशन लगायतका क्षेत्रमा युके, साउथ अफ्रिका, भारत, ग्रिक आइल्याण्ड, अफगानिस्तान, इथोपीया लगायतका विश्वभरका विभिन्न देशका युवाहरू, वयस्कहरू र विविध समुदायहरूसँग काम गरेको अनुभव छ । भने उनी अन्तर्राष्ट्रिय स्तरका अब्बल प्रोफेसर हुन् ।
आफ्नो अनुभवलाई साक्षी राख्दै प्रोफेसर वाल्टर्सले यस.पी.ए परिवार र यहाँका विद्यार्थीहरू सँग काम गर्न उत्साहित रहेको बताएका छन् ।’म धेरै उत्साहित छु यहाँका युवा विद्यार्थीहरू सँग काम गर्नको लागि, यो ९० दिनमा केही थप र नयाँ सिक्ने, सिकाउने छु’, ’आएम भेरी एक्साइटेड टु वर्क विथ द योङ स्टुडेन्टस। टु लर्न एण्ड डु सम्थीङ न्यु इन दीज नाइन्टी डेज।’’ उनले भने ।
प्रोफेसर वाल्टर्सलाई स्वागत गर्दै एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले क्रिस विशिष्ट परिस्थितिहरू र दर्शकहरू अनुरूप बेस्पोक नाटकहरू सिर्जना गर्नका लागि निकै परिचित रहेको बताएका छन्। एक कुशल नाटककार र लचिलो शिक्षकको रूपमा प्रोफेसर वाल्टर्सको अभिनव दृष्टिकोण र थिएटर प्रतिको जुनूनले हाम्रो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू मा नयाँ र प्रेरणादायी ऊर्जा ल्याउनेमा क्याम्पस प्रमुख उपाध्यायले विश्वास व्यक्त गरे ।