लिङ्दनले भने : भ्रष्ट नेताहरुलाई चन्दा उठाउँदा पुनर्विचार गर्नुस्

129 

३ भदौ, अष्ट्रेलिया, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले प्रवासी नेपालीहरुसँग गुहार माग्न आएको बताएका छन् ।

विदेशमा बस्ने छोराछोरीले नेपालको चुनावमा प्रभाव राख्ने भएकाले सहयोग माग्न अष्ट्रेलिया आएको लिङदेनले बताए । उनले विदेशमा बस्ने नेपालीहरुले हिन्दू राष्ट्र र राजसंस्था सहितको नवीन समझदारीका निम्ति पहल गरिदिन पनि आग्रह गरे ।

सँगै नेपालका दलहरुलाई चन्दा पठाउँदा ध्यान दिन समेत लिङदेनले सुझाव दिए । चुनावमा तिनै भ्रष्ट, विदेश विगारेका पार्टी र नेतहरुलाई चन्दा नदिनुहोस्’, उनको आग्रह थियो । पार्टी निकट प्रवासी संगठन नेपाली एकता समाजको पाँचौ वार्षिक उत्सव कार्यक्रममा भाग लिन अध्यक्ष लिङदेन मेलबर्न आएका हुन् ।

प्रतिक्रिया दिनुहोस