171 |
धनगढी,पुस २६। नक्कली प्रमाणपत्र मुद्धामा डडेल्धुरा अस्पतालका पुर्वअध्यक्ष लक्ष्मण सिँह दोषी ठहर भएका छन । बिहिबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेश गरी भ्रष्ट्राचार गरेको कसुरमा दोषी ठहर गरेको हो ।
अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिमाथी मुद्धा दायर थियो। आयोगले २०८१ भदौ ३१ मा उनिमाथी मुद्धा चलाएको थियो।
विशेष अदालतका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाएको छ । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ । अध्यक्ष सिँहले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो।