नेपाली काँग्रेस सुदूरपश्चिमले खटायो ३२ प्रदेश सभामा ४३जना प्रतिनिधि

891 

धनगढी असोज १२। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले सुदुरपश्चिमका ३२ वटा प्रदेश सभामा ४३ जना प्रतिनिधिलाई खटाएको छ।

पार्टीको १०० दिने विशेष अभियान सफल पार्न असोज १० गते बसेको काँग्रेस सुदूरपश्चिम पदाधिकारीको बैठकको निर्णय अनुसार सुदूरका ९ वटै जिल्लामा ४३ जना प्रतिनिधिलाई खटाईएको पार्टी प्रबक्ता सुरत बहादुर रावत डोटेली कान्छाले बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नविकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखिकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन भनेको छ । यस्तै अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पार्टी– जनप्रतिनिधि बीचको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्ने लगायतका सांगठनिक कार्यमा केन्द्रीत भई पार्टीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पौष १६ गते भित्रको अवधिका अनुकूल १०० दिन भित्र तोकिएका कार्यहरु सम्पादन गर्ने गरी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले पनि आफ्नो प्रदेशमा ४३ जना प्रतिनिधिलाई खटाएको जनाएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम पार्टी सभापति वीर बहादुर बलायरले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटिने प्रतिनिधिलाई १०० दिने विशेष अभियानलाई व्यापक र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । यस्तै उहाँले तोकिएको कार्यभार सम्पादन गर्न केन्द्रबाट खटिएका प्रतिनिधिको कार्यक्रम अझ प्रभावकारी बनाउन  प्रदेशबाट खटिएका प्रतिनिधिलाई जिल्ला कार्यसमिति,प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमिति र  प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति संग आवश्यक सहकार्य , समन्वय गर्नुका साथै उद्देश्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न र गराउन निर्देशन दिनुभएको छ। १०० दिने विशेष अभियान सफलता पुर्बक कार्य सम्पन्न गरिसकेपछि खटिएका प्रतिनिधिहरुले लिखित प्रतिवेदन नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अनिवार्य बुझाउन समेत सभापति बलायरले निर्देशन दिनुभएको छ ।यी हुन् सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा  १०० दिने अभियान सफल पार्न खटिएका प्रतिनिधिहरु

केशरी विष्ट कैलाली क्षेत्र नं. १ (१)

धन बहादुर शाही (धिरेन्द्र) कैलाली क्षेत्र नं. १ (२)

काशीराम देवकोटा कैलाली क्षेत्र नं. २ (१)

टेक बहादुर चौधरी कैलाली क्षेत्र नं. २ (२)

राज समझ चौधरी कैलाली क्षेत्र नं. ३ (१)

धनराज पण्डित कैलाली क्षेत्रत्र नं. ३ (२)

राम बहादुर देउवा कैलाली क्षेत्र नं. ४ (१)

रनसिंह बहादुर ऐडी कैलाली क्षेत्र नंं ४ (१)

टेक बहादुर रैका कैलाली क्षेत्र नं. ४ (२)

१० टेकराज जोशी (डि.के.) कैलाली क्षेत्र नंं ५ (१)

११ लक्ष्मी भण्डारी कैलाली क्षेत्र नंं ५ (१)

१२ डा. मेराज आलम अन्सारी कैलाली क्षेत्र नंं ५ (२)

१३ पुष्पा भट्ट कैलाली क्षेत्र नं. ५ (२)

१४ दाउत तामाङ कञ्चनपुर क्षेत्र नं. १ (१)

१५ चमेली तामाङ कञ्चनपुर क्षेत्र नं. १ (१)

१६ भुलिया राना कञ्चनपुर क्षेत्र नं. १ (२)

१७ कृष्ण तामाङ कञ्चनपुर क्षेत्र नं. १ (२)

१८ ज्ञानेन्द्र सिंह कञ्चनपुर क्षेत्र नं. २ (१)

१९ कलावती बोहरा कञ्चनपुर क्षेत्रत्र नं. २ (१)

२० प्रभा भट्ट कञ्चनपुर क्षेत्र नं. २ (२)

२१ गौरीसिंह बोहरा कञ्चनपुर क्षेत्र नंं २ (२)

२२ गजराज पाण्डेय कञ्चनपुर क्षेत्र नं. ३ (१)

२३ दिवाकर पाण्डेय कञ्चनपुर क्षेत्र नंं ३ (२)

२४ निर्मला बोगटी विष्ट डडेल्धुरा क्षेत्र नं. १ (१)

२५ धर्मानन्द भट्ट डडेल्धुरा क्षेत्र नं. १ (१)

२६ टिकेश्वरी हमाल डडेल्धुरा क्षेत्र नं. १ (२)

२७ तेज बहादुर चन्द बैतडी क्षेत्र नं. १ (१)

२८ जनक विष्ट बैतडी क्षेत्र नं. १ (२)

२९ मदन गिरी दार्चुला क्षेत्र नं. १ (१)

३० कमला धामी सामन्त दार्चुला क्षेत्र नं.  १ (१)

३१ करबिर सिंह कार्की दार्चुला क्षेत्र नं. १ (२)

३२ सुनिता थापा बझाङ क्षेत्र नंं १ (१)

३३ राजेन्द्र खड्का बझाङ क्षेत्र नं. १ (१)

३४ जयन्ती जोशी बझाङ क्षेत्र नं. १ (२)

३५ कालिप्रसाद पडाल डोटी क्षेत्र नं. १ (१)

३६ दुर्गा शर्मा डोटी क्षेत्र नं. १ (२)

३७ भक्त बहादुर ठकुल्ला अछाम क्षेत्र नं. १ (१)

३८ रुपा आउजी अछाम क्षेत्र नं. १ (१)

३९ तुल बहादुर साउँद अछाम क्षेत्र नंं १ (२)

४० वेदप्रकाश तिमिल्सैना अछाम क्षेत्र नंं. २ (१)

४१ अनुराधा स्वाँर अछाम क्षेत्र नं. २ (२)

४२ नर बहादुर रावत बाजुरा क्षेत्र नं. १ (१)

४३ राधिका सिंह बाजुरा क्षेत्र नं. १ (२)



प्रतिक्रिया दिनुहोस