राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनको औचित्य छैन: देउवा

375 

धनगढी, कात्तिक २५। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको आन्दोलनको औचित्य नभएको बताएका छन् ।

आइतबार कैलालीको धनगढी बिमास्थलमा कुरा गर्दै देउवाले रास्वपाले अदालती प्रक्रियामा भएको विषयमा स्वतन्त्र न्यायपालिकाले कानुन बमोजिम आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले भने ‘अन्य सरकारका पनि नेता, कार्यकर्ताहरू समातिएका छन् तर हामीले कहिल्यै होहल्ला गरेनौँ ।’

उनले सहकारी अपचलनमा दोषी देखिएका जुनसुकैलाई अदालती प्रक्रिया अनुसार कारबाही हुने बताए । देउवाले सहकारी प्रकरण अदालतको प्रक्रिया अनुसार अगाडि बढिरहेकाले यसलाई पूर्वाग्रहका रूपमा हेर्न नहुने धारणा राखे । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाइएको गठबन्धन दीर्घकालीन रूपमा टिक्ने बताए । उनले यस गठबन्धनले आफ्नो कार्यकाल पूरा गर्ने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस