कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

321 

कञ्चनपुर, पुस १०। कञ्चनपुरबाट चेक अनादर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ बस्ने कनैया राना पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकेपछि राना फरार रहेका थिए। रानालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलवार बेलौरी नगरपालिका–४ रिछाबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस