कैलालीमा वन र चेक अनादर मुद्दामा जरिवाना तोकिइ फरार रहेका ३ जना पक्राउ

387 

धनगढी, पुस १०। कैलालीमा वन र चेक अनादर मुद्दामा कैद जरिवाना तोकिइ फरार रहेका ३ जना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई मंगलवार पक्राउ गरेको हो।

विना इजाजत वन पैदावार ओसपसार मुद्दामा १ महिना कैद सजाय र ३९ हजार ६६६ जरिवाना तोकिएको कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने वर्ष ४७ को मिनबहादुर गुरुधामी, वन मुद्दामा ६५ हजार ६२० जरिवाना तोकिएको कैलारी गाउँपालिका–७ बस्ने ५० वर्षीय छेदुराम चौधरी र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–३ बासुपुर बस्ने ४५ वर्षीय हरि ओम सापकोटा पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेको थियो। 

प्रतिक्रिया दिनुहोस