कञ्चनपुरमा पिकनिक खान गएका एक युवकको मृत्यु

339 

कञ्चनपुर, पुस १०। कञ्चनपुरमा पिकनिक (वनभोज) खान गएका एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो।

मंगलबार पिकनिक खान गएका उनको भीमदत्तकै चुरे क्षेत्रमा रहेको खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए।

विष्टसँग उनका अरू तीन जना आफन्त पनि पिकनिक खान गएका र उनीहरूले प्रहरीलाई दिएको बयान अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर बिष्टको मृत्यु भएको प्रारम्भिक जानकारी गराइएको छ। चिप्लिएर घाइते भएका उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस