धनगढी बस्ने एक दम्पती डडेल्धुराबाट पक्राउ, १ महिना जेल सजाय

471 

धनगढी, पुष ११। धनगढी बस्दै आएका एक दम्पती डडेल्धुराबाट पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–६ लालपुर बस्ने २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया कुन्ती भट्टलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत डडेल्धुराले दुवै जनालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकेकोमा उनीहरु फरार थिए।

फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बुधवार डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो। उनीहरु नवदुर्गा गाउँपालिका–२ रन्तपाला निवासी स्थायी ठेगाना भएका हुन्। दुवै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस