डोटीको तिजालीमा रहेको राधाकृष्ण माविको ५५ औं बार्षिकोत्सव सम्पन्न, शिक्षा प्रेमीहरूबाट अक्षयकोष स्थापना सँगै नगद आर्थिक सहयोग

1.08K 

डोटी,पुष १९। डोटिको शिखर नगरपालिका ५ तिजालीमा रहेको राधाकृष्ण माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव धुमधामका साथ मनाएको छ। हिजो (बिहीबार) विद्यालयले विभिन्न कार्यक्रम गरी ५५ औं वार्षिक उत्सव धुमधामका साथ मनाएको हो।

कार्यक्रममा जनचेतनामूलक नाटक प्रदर्शन,सांस्कृतिक कार्यक्रम गर्नुकासाथै विद्यार्थीहरूले आ-आफ्नो कला क्षमता प्रदर्शन समेत गरेको राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक गणेश प्रसाद ओझाले बताएका छ्न्।

उनका अनुसार सो कार्यक्रममा समाजसेवि तथा शिक्षा प्रेमीहरुले विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आर्थिक घोषणा गरेका छन। शिखर नगरपालिका ५ का रामचन्द्र ओझा र धर्मराज ओझाले आफ्ना बुवा हरिप्रसाद ओझा र आमा नन्दा देबि ओझाको नामबाट एक लाख रुपैयाको अक्षयकोस स्थापना गरेका छन्। यस्तै राधाकृष्ण माध्यमिक बिद्यालयका पुर्ब प्रधानाध्यापक उत्तम बहादुर ऐरले पनि एसईई र बाह्र कक्षाबाट सर्बोत्कृस्ट अङ्क ल्याउने बिधार्थीलाई नगद रु २ हजार ५ सय ५ का दरले प्रोत्साहन स्वरुप पुरस्कार दिने बताएका छन्।

यस्तै सरस्वती माबीका पुर्ब प्रधानाध्यापक गङ्गाराम भट्टले एसइइमा सर्बोत्कृस्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई छात्रवृत्ति दिने बताएका छन्। भने पुर्व शिक्षक भिम बहादुर अधिकारिले स्वर्गीय आमा धना देबि अधिकारिको सम्झनामा गरिब,जेहेन्दार,टुहुरा बालबालिकालाई अक्षयकोषबाट आएको रकम दिने घोषणा गरेका छ्न्।

त्यस्तै शिखर नगरपालिकाका शिक्षा युबा तथा खेल्कुद शाखाका प्रमुख अधिकृत शेर बहादुर कार्किले नगद रु पचास हजार आर्थिक सहयोग गर्नुभएको छ।बिद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्न सबैको साथ र सहयोग महत्वपुर्ण रहेको बिधालयका प्रधानाध्यापक जङ्ग बहादुर ऐरको भनाइ छ। उनले विद्यालयमा आर्थिक सहयोगको घोषणा गर्ने र नगद सहयोग गरीने सबैलाइ धन्यवाद ज्ञापन गरेका छन्।

साथै सो कार्यक्रममा चालु आर्थिक बर्स २०८०/८१ को आर्थिक कारोबार लेखापाल दिर्घ बहादुर बोहराले सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा शिखर नगपालिका प्रमुख,उप-प्रमुख शिक्षा अधिकृत,जनप्रतिनिधि,बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी जन-प्रतिनिधि र अभिभावकहरुको सहभागिता रहेको शिक्षक ओझाले बताएका छ्न।

प्रतिक्रिया दिनुहोस