सुदूरपश्चिममा फागुन १६ र १७ गते अटो र्‍याली र अटोक्रस आयोजना गरिने

144 

धनगढी,पुस २३। सुदूरपश्चिममा आउँदो फागुन १६ र १७ गते अटोर्‍याली र अटोक्रस आयोजना गरिने भएको छ।सुदूरपश्चिम अटोमोबाइल्स संघको आयोजना र खेलकुद परिषद्को सहयोगमा धनगढीको शिवपुरी धामदेखि डडेल्धुराको परशुराम धामसम्म ५० भन्दा बढी कार र जीप सहभागी हुनेछन्।

संघका अध्यक्ष पुष्कर ओझाका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीका विजेताले क्रमशः ८१ हजार, २७ हजार, र ९ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिने उनले बताए।

र्‍यालीकै क्रममा दोधारा चाँदनीमा अटोक्रस आयोजना गरिनेछ।अटोक्रसमा र्‍यालीमा २० सवारी चालकलाई सहभागी गराइने अयोजनकले जनाएको छ। जुनसुकै क्षमता तथा डिजाइनका निजी कार र जीपलाई र्‍यालीमा समावेश गराइनेछ भने अटोक्रसमा हजारदेखि ४६ सय सिसीसम्मका कार मात्र हुनुपर्ने अध्यक्ष ओझाले बताए।आयोजनामा करिब १७ लाख ५ हजार खर्च हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस