धनगढीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा

576 

धनगढी,पुष २३। कैलालीको धनगढी उपमहानगरपालिकामा भोलि पुस २४ गतेदेखि सुरु हुने १५ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।प्रतियोगिता धनगढी रङ्गशालामा हुने आयोजना हुने उपमहानगरपालिकाले जनाएको छ । 

मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितालाई भव्य र सभ्य बनाउन नगरका सबै सरोकारवाला युद्ध स्तरमा जुटिरहेको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताइन्। उनले सङ्घीय सरकारको नियमित खेलकुद कार्यक्रमसँगै नगरले पनि खेलकुद क्षेत्रको विकासका लागि कार्यक्रमहरू अघि बढाइरहेको बताइन। नगर उपप्रमुख रानाका अनुसार, प्रतियोगितामा नगरभरिका २६ सामुदायिक र १५ संस्थागत गरी ४१ वटा विद्यालयहरूको सहभागिता रहने छ।

प्रतियोगितामा सामुदायिक विद्यालयका ८ सय ४० र संस्थागत विद्यालयका ३ सय १३ गरी १ हजार १ सय ५३ विद्यार्थी सहभागी हुनेछन्।राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदान तर्फ बजेट नरहे पनि उपमहानगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ८ लाख विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो।

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । उनले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने र युवाहरूलाई कुलतबाट जोगाउने उद्देश्य बोकेको उल्लेख गरिन् । 

प्रतिक्रिया दिनुहोस