यहि फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइदै कैलालीमा

549 

फागुन ११ धनगढी , कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो । स्वास्थ्य कार्यालय कैलालीले बालबालिका हरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । कैलालीका १३ वटा पालिकामा २ लाख ५८ हजार १ सय ६५ बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह गरेको छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोस श्रेस्ठले जानकारी दिए ।

यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए।ई।एफ।आई। व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने उनले बताएका छन् । प्रमुख श्रेस्ठले जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी समेत तयारी गरिरहेको बताएका छन् ।
दादुरा–रुवेला रोग लागेको १ जना व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्ने सक्छ त्यसैले यो रोगाबाट सुरक्षित हुन बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाऔँ र दादुरा रुबेला रोग निबारण गरौँ चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस