कैलालीको राजमार्ग क्षेत्रमा बिग्रेका सीसीटिभी क्यामेरा मर्मत, दुर्घटना न्युनिकरणमा सहज हुने अपेक्षा

564 

धनगढी,पुस २२। कैलालीको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा बिग्रिएका सीसीटिभी क्यामेरा मर्मत गरिएका छन्।

कैलालीको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा जडान गरिएका तर बिग्रिएर काम नगरिरहेका सीसीटिभी क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरीको प्राविधिक टोलीले बिग्रेका सीसीटिभी क्यामेरा मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको हो।

प्राविधिक प्रहरी नायब निरीक्षक इन्जिनीयर महेशराज पन्तको कमाण्डमा खटेको प्रहरीको प्राविधिक टोलीले नौ थान सीसीटिभी क्यामेरा मर्मत गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। सो कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानी,सडकपुर,बजार क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेरा बिग्रेको थियो। बिग्रेका ती सीसीटिभी क्यामेरा मर्मत गरिएपछि पुनः सञ्चालनमा आएका छन्।

राजमार्गको विभिन्न क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराको मद्दतमा प्रहरीले सो क्षेत्रमा निगरानी गर्दै आएको छ।सवारी दुर्घटना न्युनिकरण संगै अपराधिक क्रियाकलाप नियन्त्रणमा सहज गराउने अपेक्षा गरिएको छ।यसअघि अधिकांश सीसी क्यामेरा अहिले प्रयोगविहीन अवस्थामा छन्। क्यामेराको रेखदेख प्रभावकारी नहुँदा यसअघिका ती उपकरण प्रयोगविहीन भएका थिए।

प्रतिक्रिया दिनुहोस