2.29K |
धनगढी । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत शारदा माध्यमिक बिद्यालयको शिक्षक पदपुर्तीको परिक्षामा गम्भिर लापरवाही भएकोे आरोप लागेको छ । उक्त बिद्यालयमा रिक्त उच्च मावी तह प्लस टु अंग्रेजी बिषयको एक जना राहात शिक्षक भर्नाका लागी गरिएको लिखित परिक्षामा उत्तर कुन्जिका नै परिक्षार्थिको हातमा पुगेको बताइएको छ ।
हिजो शनिवार पहिलो लिखीत परिक्षा सञ्चालन हुनुपुर्व प्रश्नपत्र बाहिरीएको र केही परिक्षार्थीको हातमा उत्तर कुन्जिका नै दिइएको एक जना बिद्यार्र्थीले बताए ।
लिखित परिक्षामा उत्तर कुन्जिका पुगेका बिद्यार्थी नै पास भएको बिद्यार्थीहरुको आरोप छ ।
यति मात्र नभई केही बिद्यार्थीको हातमा उत्तर कुन्जिका पुगेपछि विज्ञहरुको टोली परिवर्तन नगरिएको, विज्ञटोली गोला प्रथाबाट नछानिएको, आफन्तलाई धनगढीबाट बोलाइएको उनीहरुको भनाई छ । यस्तै उनीहरुले पहिला देखी नै बिद्यालयमा राजनितीक पहुँच,आफ्ना मान्छेलाई पास गराउने उदेश्यले यो कार्य गरिएको भन्दै रद्ध गरी पुनः निष्पक्ष तरिकाले परिक्षा गराउन माग गरेका छन् । यस्तै तिर्थ भण्डारीले सामाजिक सञ्जालमा लेख्दै उत्तीर्ण गराउनु पर्नेलाइ उत्तर दिएर पुनः परिक्षा गराइएको खबर आएकोले व्यापक आर्थिक चलखेल भएको आशङ्का ब्यक्त गरेका छन् ।
यस्ले शिक्षा क्षेत्र तहसनहस पार्ने काम बाहेक अन्य केही हुने बताएका छन् । यस बिषयमा बुझ्दा बिद्यालयका प्राध्यानाध्यापक भोज राज जोशीले हामीबाटै प्राबिधिक कारणले गल्ती भएको स्वीकार गरेका छन् । सुरुमा कारण बताउन नचाहेका प्राध्यानाध्यापक जोशीले बिद्यार्थीलाई प्रश्नपत्र बाँड्ने क्रममा आफुसँग राख्ने उत्तर कुन्जिका बिद्यार्थीको हातमा पुगेको बताए । त्यसपछि उत्तर कुन्जिका बिद्यार्थीको हातमा पुगेको जानकारी पाएपछि रद्ध गरेर दोस्रो पटक परिक्षा लिइएको बताए । उनले बिद्यालय ब्यवस्थापन टोलीले बिज्ञ टोली छानेको र सबै पक्रिया नियमसंगत भएकाले अब दोस्रो पटक परिक्षा नहुने जिकीर गरे । उनका अनुसार शिक्षक पदपुर्तीका लागि आवेदन दिएका १३ मध्ये १२ जनाले परिक्षा दिएका थिए । जसमध्ये ४ जना पास भएका थिए। पास भएकालाई आईतबार मौखिक परिक्षाका लागी बोलाइएको बताइएको छ ।