सानैमा बुबा गुमाएका आर्यन बिक लाई अब चैतन्य पाठशालाले कक्षा १० सम्म निशुल्क पढाउने

1.5K 

धनगढी जेठ ९ ,धनगढीमा रहेको चैतन्य पाठशाला स्कुल सामाजिक सेवामा अग्रसर बन्दै गएको छ । केही दिन अगाडी मात्रै प्लेन उडाएर र्चचामा रहेका कैलाली जिल्ला वडा नम्बर ९ प्रतापपुरका आर्यनलाई बिक लाई पाठशालाले आज एक कार्यक्रम गरी उनलाई निशुल्क पढाउने निर्णय गरेको छ । बिकको पारीवारीक स्तिथि नाजुर र बाबु सानै हदा निधन भएको र आमाले आर्यनलाई पठनपाठन मज्दुरी गरेर पढाउन नसक्ने भएकाले पाठशालाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको छ ।

पढाइसँगै उच्च बौद्धिक क्षमता भएका आर्यन बि।कको प्रतिभालाई प्रोत्साहन गर्न र वैज्ञानिक आविष्कारलाई बढावा दिन चैतन्य पाठशाले समाजिक उत्तरदायित्व सम्झेर आर्यनलाई कक्षा १० सम्म निशुल्क पढाउने सम्झौता गरेको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । हामीले सामाजिक मुल्य मान्यता अनुसार बालबालिकालाई शिक्षित मानिस बनाउने कुनै पनि समस्यामा परेका बालबालिकालाइ चैतन्यले पाठशालाले सयोग गर्दै आएको जोशीले बताए

आर्यन बि। क सानै हुँदा बुवाको निधन भएको र सबै रेखदेख आमाले गरिरहेकी थिइन् । आर्यन सानै देखि आविष्कार गरिरहने र अब प्लेन , रोर्बट बनाउने इच्छा राखेको तर पारिवारीक अवस्था नाजुुक भएकाले अब चैतन्य पाठशालाले भतिजालाई पढाइसँगै आविष्कारमा समेत सहयोग गर्ने भए पछि आफुहरु अधिक खुसि भएको आर्यनका अंकल नृप विश्वकर्माले बताए । चैतन्यको यो सहयोग समाजको लागि अनुकरणीय रहेको समेत विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस