दोश्रो चैतन्य पाठशाला जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता आयोजना, तेक्वान्दो प्रशिक्षक विष्ट सम्मानित
273 |
धनगढी । धनगढीको चैतन्य पाठशालाले स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मूल नाराकासाथ दोस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय विद्यालय तेक्वान्दो प्रतियोगिता २०८१ आयोजना गरेको छ । आज देखी तिन दिनसम्म चल्ने जिल्ला स्तरीय विद्यालय तेक्वान्दो प्रतियोगिता एक कार्यक्रम गरि चैतन्य पाठशालामा कार्यक्रमको उद्घाटन गरेको हो ।
कार्यक्रममा बिद्यालयका पिटिए अध्यक्ष ईश्वर गिरी अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिँह रहेका थिए । विशिष्ट अतिथि सु.प.प्रदेश तेक्वान्दोका संस्थापक गोविन्द विष्ट रहेका थिए ।
साथै आज चैतन्य पाठशालाले जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका तेक्वान्दोका वरिष्ठ प्रशिक्षक गोबिन्द विष्ट सुदुरपश्चिममा तेक्वान्दो खेलको क्षेत्रमा पुर्यानुभएको योगदानको कदर गर्दै सम्मानित भएका छन्। ओलाम्पियन्न दीपक विष्ट जस्ता सफल खेलाडीलाई मार्गदर्शन गर्दै पुर्यानुभएको योगदानको कदर गर्दै सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक वहादुर सिंहबाट सम्मानित भएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक बहादुर बिष्टले खेलका क्षेत्रबाट उत्कृष्ट खेलाडी जन्माउन सकिन्छ तेक्वान्दो राष्ट्रकै अभिन्न अङ्ग रहेको कुरा कार्यक्रमका प्रमुख अतिथि सिँहले बताए। उक्त कार्यक्रमको संयोजन विद्यालयका पिसिए संयोजक बिन्दास बमले गर्नु भएको थियो । कार्यक्रममा प्रथम हुनेलाई चालीस हजारसहित ट्रफी , द्वितीय हुनेलाई पच्चीस हजारसहित ट्रफी र तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजारसहित ट्रफी रहेको छ। उक्त प्रतियोगिता १०,११ र १२ गते सम्म चल्नेछ ।
विद्यालयका प्रधानाध्यापक कटक बहादुर सिँहले दोश्रो पटक यस प्रतियोगिताको आयोजना गरिएको बताएका छन्। साथै यस जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा १५० जनाभन्दा बढी खेलाडीको सहभागीता रहेको छ ।