1.17K |
धनगढी। बुद्ध जयन्तीको अवसरमा कोविदा इन्टरनेशनल एकेडेमिद्वारा सर्वत वितरणका साथै हस्तकला,चित्रकला गरि मनाएको छ ।
मानवसेवा नै धर्म हो भन्ने भगवान् बुद्धको सिद्धान्तलाई अनुसरण गर्दै आज २५६८ औं बुद्ध जयन्तीको शुभ-अवसरमा कोविदा इन्टरनेशनल एकेडेमिद्वारा सडकमा आवतजावत गर्ने सर्वसाधारणलाई सर्वत वितरण गरिएको हो । गर्मी समयमा आवतजावत गर्ने सर्बसाधारण नागरिकलाई केही राहात होस् भन्ने उदेश्यले स्कुल अगाडी टेन्ट नै राखेर सर्वत वितरण गरीएको बिद्यालयकी कोर्डनेटर कान्ती गिरीले बताइन् ।
यस्तै बुद्ध जयन्तीको अवसरमा एकेडेमिमा अध्ययनरत बिद्यार्थीहरुले भगवान बुद्धको तस्बीर अंकित हस्तकला,चित्रकला प्रर्दशन गरेका थिए । उनीहरुले भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा विचार राखेका थिए। बिद्यार्थीहरुले बुद्ध जयन्तीको अवसरमा केही न केही रचनात्मक कृयाकलाप गर्नुपर्छ भन्ने उदाहरणका साथ कार्यक्रम गरिएको बताइएको छ ।
शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने कोविदा इन्टरनेशनल एकेडेमिले विश्वास लिएको छ । हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।