धनगढीको ड्रिम लिंक एजुकेसन नेटवर्कले शैक्षिक मेला आयोजना गर्दै

963 

धनगढी। अमेरिका र वेलायतका  विभिन्न विश्वविद्यालयहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै धनगढीमा शैक्षिक मेला आयोजना गरिने भएको छ । काठमाडौंमा मूख्य कार्यालय रहेको ड्रिम लिंक एजुकेसन नेटवर्कले बैदेशिक शिक्षा सम्बन्धि परामर्श दिन शैक्षिक मेला आयोजना  गर्न लागेको हो । 

धनगढी रातोपुल स्थित ड्रिम लिंक एजुकेसन नेट वर्कको कार्यालयमा  जेठ १३ गते विहान १० बजेदेखि ४ बजेसम्म शैक्षिक मेला आयोजना गरिने जनाइएको छ । कक्षा १२ को परिक्षा दिइसकेका विद्यार्थीहरुले निशुल्क रुपमा शैक्षिक मेलामा सहभागि हुन पाउने बताइएको छ ।  

विद्यार्थी भिसामा अमेरिका र वेलायत  जाने प्रक्रिया,लाग्ने शुल्क,अपनाउनु पर्ने सावधानी लगायत बैदेशिक शिक्षा संग सम्बन्धित विषयमा  अमेरिका र बेलायतका विभिन्न विश्व विद्यालयका परामर्शदाताले  निशुल्क परामर्श,सुझाव, सल्लाह र मार्गनिर्देश गर्ने जनाइएको छ । पछिल्लो समय बैदेशिक शिक्षा प्रति नेपाली विद्यार्थीहरुको आर्कषण बढ्दै गएकाले  बैदेशिक शिक्षा सम्बन्धि परामर्श  आवश्यक देखिएकाले शैक्षिक मेला आयोजना गरिएको ड्रिम लिंक एजुकेसन नेटवर्क का संचालक अशोक रोकायले जानकारि दिए । 

उनले सुदूरपश्चिमका विद्यार्थीहरुलाई काठमाडौं जाने झण्जटबाट मुक्त गराउँदै धनगढीबाट अमेरिका र वेलायत  जान अपनाउनु पर्ने प्रक्रिया,आवश्यक योग्यता, चुनौती र सावधानीका बारेमा सम्पुर्ण जानकारी, सहित परामर्श दिन शैक्षिक मेला आयोजना गरिएको बताए । ड्रिम लिंक एजुकेसन नेटवर्कले धनगढीबाट भिसा प्रक्रिया,डकुमेन्टको,छात्रवृत्ति परिक्षाको सम्पुर्ण कामहरु गर्दै आएको छ । अमेरिका र बेलायत जान अपनाउनु पर्ने सम्पुर्ण कामहरु धनगढीबाट गर्न सकिने संचालक रोकायाको भनाई छ । शैक्षिक मेलामा सहभागि हुने विद्यार्थीलाई ड्रिम लिंक एजुकेसन नेटवर्कले विभिन्न भाषा कक्षामा पूर्ण छुट र नयाँ भर्ना हुनेलाई विशेष एवम् आंशिक छुट प्रदान  गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस