438 |
धनगढी। धनगढीको नवजीवन अस्पतालमा गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल डिन को ४४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल डिनको आयोजना र नवजीवन अस्पताल प्रालीको सह आयोजनामा शुक्रबार बिहान ८ बजे देखी रक्तदान कार्यक्रम गरिएको अस्पतालका कर्मचारी राजु चौधरीले जानकारी दिए ।
सस्तो, सुलभ, वैज्ञानिक प्रविधिको विकास गरौं भन्ने नारासहित गरिएको रक्तदान कार्यक्रमले धनगढीमा भएको रगत अभावलाई केही मात्रामा भएपनी परिपुर्ती गर्ने बताए । रक्तदानपछि रक्तदातालाई प्रमाणपत्र बितरण गरिएको थियो ।