दोश्रो चैतन्य पाठशाला जिल्ला स्तरीय अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न,बिजेतालाई पुरस्कार बितरण

3.27K 


धनगढी। धनगढी ५ को चैतन्य पाठशालाले आयोजना गरेको दोश्रो चैतन्य पाठशाला जिल्ला स्तरीय अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नाराकासाथ जेठ १० गतेबाट सुरु भएको प्रतियोगिता बिजेतालाई पुरस्कार बितरण गर्दै आज १२ गते समापन भएको हो । जिल्ला स्तरीय अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगितामा विभिन्न तौल समूहका ३७ विद्यालयबाट १७९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

सबैभन्दा बढी गोल्ड मेडल तथा स्वर्ण पदक बिजेताको आधारमा प्रथम, दितीय र तृतिय समुहलाई नगद पुरस्कार बितरण र खेल अबधिका उत्कृष्ट फाईटर, उत्कृष्ट निर्णायक धोषणा गरिएको छ। 

क्रमशः प्रथम हुनेलाई चालीस हजार ट्रफीसहित प्रमाणपत्र, द्वितीय हुनेलाई  पच्चीस हजार ट्रफीसहित प्रमाणपत्र र तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजार ट्रफीसहित प्रमाणपत्र रहेको छ भने बेस्ट फाइटर धर्मेन्द्र बोहरालाई नगद रु. पाँच हजारसहित प्रमाणपत्र यसैगरी बेस्ट रेफ्री लाई पनि नगद रु. पाँच हजारसहित प्रमाणपत्र रहेको छ । प्रथम स्थान हात पार्न सफल नेपाल पुलिस स्कुलबाट सन्देश बुढाथोकी छन् ।

सबैभन्दा बढी स्वण पदक जित्ने पुरस्कार तथा प्रथम स्थान हासिल गर्न सफल डोजाङ्ग सिद्धनाथ मा.वि. जुगेडा-१२ , द्वितीय स्थान हासिल गर्न सफल डोजाङ्ग भवानी मा वि. धनगढी ९ र  तृतीय स्थान हासिल गर्न सफल डोजाङ्ग शारदा मा.वि. जुगेडा- १० रहेका छन्  । विजयी डोजाङ्गहरुले क्रमशः नगद रु .४०  हजा,  २५ हजार र १५ हजार नगद ट्रफीसहित प्रमाणपत्र प्राप्त गरेका छन् । भने बेस्ट रेफ्री टेक साउँद , बेस्ट प्लेयर विद्या भूषणका पुरुषतर्फका खेलाडी राजु ऐर र महिला तर्फबाट बेस्ट प्लेयर भवानी मा.वि. बाट वर्षा कोलीलगायत तिनै जनालाई नगद रु.५/५ हजार उत्प्रेरक वक्ता डा. ताराप्रसाद गिरिद्वारा प्रदान गरिएको छ । 

विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले तेस्रो चैतन्य पाठशाला कैलाली जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा विद्यालयको मात्र पूर्ण लगानी हुने कुराको जानकारी दिए । उक्त समापन समारोहकाबिच बोल्दै विद्यालयका प्रधानाध्यापक कटक ब. सिँहले खेल क्षेत्रबाट नै  विद्यार्थीले आफ्नो राष्ट्रलाई चिनाउन सक्ने कुरा पनि राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन तथा संयोजन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बिन्दास बमले गरेका थिए । कार्यक्रममा उत्कृष्ठलाई पुरस्कार बितरण, निर्णायक टोलीलाई कदर पत्र बितरण र अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रेरक बक्ता डा तारा प्रसाद गिरी, धनगढी वडा नम्बर ७ का वडा अध्यक्ष मोतीलाल राना, कैलाली तेक्वान्दो संघका पुर्व सचिब तथा रक्तदाता दिपक उपाध्याय, बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वर गिरी, बिद्यालयका प्रधानाध्यापाक कटक बहादुर सिँह रहेका थिए। यस्तै बरिष्ठ तेक्वान्दो पशिक्षक सेर बहादुर सिँह, बिद्यालयका सह प्रधानाध्यापक रमेश क्षेडाल, बिद्यालयका संयोजक रवि साउँद लगायत शिक्षक, शिक्षिका, बिद्यार्थी अभिभावक, बिभिन्न बिद्यालयबाट सहभागी खेलाडीको सहभागिता रहेको थियो । 

यस्तै तृतिय स्थानमा जनप्रिय आधारभुत बिद्यालयबाट पर्वत गिरी, शारदा माध्यमिक बिद्यालयबाट रायन्स खड्का, छन् । ३० किलो तौल समुहमा छात्र तर्फ तृतिय स्थान हाँसिल गर्न सफल जनप्रिय आधारभुत बिद्यालयबाट सन्तोष रोकाया,कैलाश मालिका माध्यमिक बिद्यालयबाट आदित्य रोकाया, तृतिय स्थान हासिल गर्न सफल एरिष्ठो इङ्लीस बोर्डिङ हाइस्कुलका डेनिस चौधरी, प्रथम स्थान हात पार्न सफल सिद्नाथ माबिका राजेन्द्र रावत छन् ।

३३ किलो तौल समुहमा तृतिय स्थान हात पार्न सफल चैतन्य पाठशालाका एलिन शाही, घण्टेश्वर माबिका पे्रशान्त कठायत, दितिय धनगढी नमुना माबिका सन्दिप कुँवर र प्रथम स्थान भवानी माबिका सागर बयर छन् । यस्तै ३७ किलो तौल समुहमा तृतिय स्थानमा भवानी माबिका प्रशान्त बिष्ट र आदित्य धामी, दितीय स्थान हात पार्न सफल चैतन्य पाठशालाका निखील बोहरा, प्रथम स्थान हात पार्न सफल सिद्दनाथ माबिका दिपेश शाही छन् । यस्तै ४१ किलो तौलमा तृतीय स्थानमा चैतन्य पाठशालाका बिवेक बिष्ट, ग्यालेक्सी माबिका बैभब भट्ट, दितीयमा राष्ट्रिय माबिका अभिषेक बिक र प्रथम स्थान भवानी माबीका योगेन्द्र ऐर रहेका छन् । यस्तै छात्र तर्फ ४५ किलो तौलमा तृतिय सत्यवती एकेडेमीका सुर्दशन खड्का, सरस्वती एकेडेमीका सुरेन्द्र रावत, दितीय स्थानमा चैतन्य पाठशालाका आदेश खड्का र प्रथम स्थानमा सिद्दनाथ माबिका खगेन्द्र घर्तीमगर भएका छन् ।

यस्तै ४८ किलो तौल समुहमा तृतिय स्थानमा बासुदेवी माबीबाट किरण थापा, पञ्चोदय माबीबाट रिबील खड्का र दितीय स्थानमा चैतन्य पाठशालाका आयुशमान सिँह र प्रथम स्थानमा राष्ट्रिय माबिका अमन चौधरी भएका छन् । ५१ किलो तौलमा तृतियस्थानमा भवानी माबीका शाहिल बिक, एश्वर्य बिद्या निकेतनका सुभाष बिष्ट र दितीय,सरस्वती माबीका सफल रोज बम र प्रथम बिद्याभुषण माबिका राजु ऐर भएका छन् । यस्तै ५५ किलो तौल समुहमा तृतिय वेष्र्टन किष्टलका दिपेश थलारी, घण्टेश्वर मावीका आरस थापा मगर, दितीय कैलाश मालिका मावीका मौसम बोहरा र प्रथम स्थानमा भवानी माबी बिश्नु ढाँट रहेका छन् । यस्तै छात्रा तर्फ २९ किलो तौलमा तृतिय स्थानमा कैलाश मालिका माविबाट जेनिसा अवस्थी, प्रथम स्थान हात पार्न शारदा मावीकी सफल दिपीका थापा छन् ।

छात्रातर्फ ३३ किलो तौल समुहमा तृतिय स्थान हात पार्न सफल शारदा माबीबाट अस्मीता ढाँट र एरिस्टोबाट दिपु थापा छन् । यस्तै दितीय स्थानमा सिद्दनाथ माबीबाट चेतना सुनार र प्रथम स्थानमा भवानी माबीबाट आरती ठगुन्ना भएका छन् । ३७ किलो तौल समुहमा छात्रा तर्फ तृतिय बासुदेवीबाट अस्मीता नेपाली, सिटी स्कुलबाट सुस्मीता बलायर रहेकी छन् । दितीय स्थानमा कैलाश मालिकाकी निशा बिक र प्रथम स्थानमा सिद्दनाथ मावीबाट गायत्री रोकाया भएकी छिन् । यस्तै ४१  किलो तौल समुहमा छात्रा तर्फ तृतिय स्थानमा शारदा माविबाट शलिना रोकाया, भवानी माबीबाट पार्वती ठकुल्ला, त्रिनगर माबीबाट पुस्पा थापा र प्रथममा दुर्गालक्ष्मी माबीबाट कल्पना शाह भएकी छिन् ।

४४ किलो तौलमा तितृय शारदा माबीकी पुस्पा नेपाली, एश्वर्य मावीकी पुजा चौधरी, कैलाश मालीका निशा बिष्ट र भवानी माबीबाट बर्षा कोली रहेकी छिन् । ४७ किलो तौल समुहमा छात्रा तर्फ पञ्चोदयबाट भुमिका खड्का,एरिष्टोबाट खेमा महत्व, भवानी माबीबाट रितु ऐर, र धनगढी नमुना माबीकी रितु पार्की छन् । यस्तै ४९ किलो तौल समुहमा छात्रा तर्फ तितृय स्थान धनगढी नमुनाबाट रोशनी राना, भवानी माबीबाट गरिमा पार्की, स्टेपीङ स्टोनकी अनुस्का अधिकारी र सिद्दनाथ माबीकी आशिका सिँह रहेकी छिन् । ५२ किलो तौल समुहमा तितृय स्थान हात पार्न सफल दुर्गा लक्ष्मीकी आशिका कुमारी बिष्ट, चैतन्य पाठशालाकी बर्षा कुँवर, भवानी मावीकी अस्मीता लुहार, सिद्दनाथकी रोशनी बडाल रहेकी छिन्। ५५ किलो तौल समुहमा शारखा माबी अमिसा सिँह, सरस्वती मावीकी अनुपा चौधरी, ऐरिष्टोबाट संगिता धामी र घण्टेश्वर मावीबाट तारा साउँद रहेका छन् । ५९ तौल समुहमा छात्रा तर्फ एक जना प्रथम स्थान हासिल गर्न सफल सिद्दनाथ मावीबाट अरुणीमा चौधरी रहेकी छिन् ।  


प्रतिक्रिया दिनुहोस