“मेलकट्टेश्वर मा. बि. ले गणतन्त्र दिवस अतिरिक्त क्रियाकलाप गर्दै मनायो“

1.53K 



कैलाली। सत्रौँ गणतन्त्र दिवसको अवसर पारी चुरे गाउँपालिका वडा नम्बर ६ , बयला , कैलाली स्थित श्री मेलकट्टेश्वर माध्यमिक बिधालयले आज वडा स्तरिय अन्तरबिधालय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

जस अन्तर्गत हिसाब दौड प्रतियोगिता ( १–३) ,अङ्ग्रेजी हिज्जे प्रतियोगिता (४–५ ) , हाजिरीजवाफ प्रतियोगिता (६–८) र निबन्ध प्रतियोगीता (९–१०) सम्पन्न भएका छन । चुरे गाउँपालिका वडा न ६ मा अवस्थित विभिन्न ५ ओटा बिधालयहरु ः मेलकट्टेश्वर माध्यमिक बिधालय, बयला, जनता माध्यमिक बिधालय, शान्तीनगर, सिद्दबाबा माध्यमिक बिधालय, कोट, ढुङ्गेनी, सिद्द आधारभुत बिधालय, गोगनपानी , ग्वासी आधारभुत बिधालय, सिराडीका बिद्यार्थीहरुले  उक्त प्रतियोगिताहरुमा भाग लिएका थिए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी वडा न ६ का वडा अध्यक्ष प्रेम बहादुर साउँद रहनुभएको थियो । बिधालयका प्रधानाध्यापक बम बहादुर खत्रीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नुभएको थियो । 

 शिक्षक गणेश सिंह ठगुन्नाले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा समाजसेवी लोक बहादुर सारु, रमेश थापा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न बिधालयका प्रधानाध्यापक,शिक्षक,बिद्यार्थीहरु,समाजसेवी,अभिभावकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र  तृतीय हुने बिद्यार्थीहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथीले यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको बिकास हुने साथै पढाईलाई समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै बक्ताहरुले कार्यक्रमको प्रसङ्सा गर्नुभएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरु खुशी र उत्साहित देखिन्थे । उहाँहरुले आगामी दिनहरुमा पनि यस्ता अतिरिक्त क्रियाकलापहरुले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिनुभयो । जसमा बिधालयका प्रधानाध्यापक बम बहादुर खत्रीले आगामी दिनहरुमा पनि बिधालयले यस्ता गतीबिधीलाइ निरन्तरता दिने बताउनुभयो। 

वडा न ६ मा अवस्थित बिधालयहरुले रास्टृय दिवसहरुलाइ आलो पालो गरी विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरि मनाउने प्रतिबद्दता ब्यक्त गरेका छन । जसको सुरुवात गत बर्स ग्वाँसी आधारभुत बिधालय, सिराडीले गरिसकेको छ । आगामी कार्यक्रम श्री जनता माध्यमिक  बिधालय, शान्तीनगरले गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

जसको लागि कार्यक्रमको समापन सत्रमा “ अतिरिक्त क्रियाकलापको रजिस्टर“  मेलकट्टेश्वर मा. बि. का प्रधानाध्यापकले जनता आ. बि. का प्रधानाध्यापक शान्ती शाहलाइ हस्तान्तरण गर्नुभयो । कैलालीको चुरे गाउँपालिका वार्ड न ६,बयला स्थित श्री मेलकट्टेश्वर माध्यमिक बिधालयले विभिन्न रास्टृय दिवसहरुको दिन बिदा नगरी अतिरिक्त  क्रियाकलापहरु गर्दै आइरहेको कुरा बिधालयका शिक्षक सुभाष चन्द्र भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस