774 |
धनगढी। सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१ मा बैतडीबाट सहभागी हुनु भएका भरत बोहराले प्रथम स्थान हाँसिल गरेका छन्।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान आयोजना तथा रबिन कलाकेन्द्र अत्तरिया कैलालीको सहकार्यमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय लोक गायन प्रतियोगितामा बैतडीका बोहरा प्रथम भएका हुन्। सुदूरपश्चिमका नौं वटै जिल्लाको सहभागीता रहेको लोक गायन प्रतियोगिता सुदूरपश्चिम प्रदेशको मौलिकतामा आधारित गायनलाई प्राथमिकतामा राखेको थियो।
सहभागी प्रतियोगीहरु बाट सुदूरपश्चिमका डेउडारठाडी एवं रानाथारुका प्रस्तुतिहरु रहेका थिए ।बोहराले प्रतिायोगितामा गायक महेस औजीको स्वरमा रहेको कलेजी कटाउने माया भन्ने भाका प्रतियोगितामा प्रस्तुत गरेका थिए । प्रथम भएसंगै उनले नगद पन्ध्र हजार रुपैँया तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको दोश्रो स्थानमा बझाङ बाट प्रतिनिधित्व गरेका कुलेन्द्र परियार,तेस्रो स्थान बाजुरा बाट प्रतिनिधित्व गरेकी मनिषा बिक र सान्त्वना स्थान कंचनपुरबाट प्रतिनिधित्व गरेकी हेमन्तु रानाले हात पारेकी छिन।
उनीहरुले क्रमशः दोश्रो पुरस्कार नगद रु १०हजार सहित प्रमाणपत्र, तेस्रो पुरस्कर नगद ७ हजारसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रू ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। साथै सहभागी प्रतियोगिताहरुलाई दुई दिन सम्म खाना र बस्नको व्यवस्था आयोजक समितिबाटै गरिएको थियो । अन्य सहभागीहरुलाई रू ३ हजारका दरले भाडा बाफत प्रदान गरिएको थियो। गायन प्रतियोगिता अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको थियो। सभापति डाक्टर टि.एन.जोशी एवं प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय शिव सिंह ओलि रहेका थिए। उक्त कार्यक्रमको निर्णायकको भुमिकामा डेउडा क्षेत्रका वरिष्ठ हस्तिहरु नरेन्द्र राज रेग्मी,सुरत रावत डोटेलि कान्छा र लाल बहादुर धामि ’ अछामि बड्डो’रहेका थिए। उक्त कार्यक्रमको व्यवस्थापन एवं मुल संयोजक रविनकला केन्द्रका सुरज शाह रहेका थिए।