एसइई आइडल -३ को फाइनल कार्यक्रमको तयारी पुरा

513 

धनगढी। सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसइई आइडल ३ (SEE IDOL-3) को फाइनल कार्यक्रमको तयारी पुरा भएको छ ।

आयोजक प्रभात मिडिया एण्ड ईभेन्टले प्रेस विज्ञप्ती जारी गर्दै भोली असार १ गते ओम प्यालेस, धनगढीमा आयोजना हुने फाइनल कार्यक्रमको तयारी पुरा भएको जनाएको हो । प्रभात मिडिया एण्ड ईभेन्टका अध्यक्ष प्रकाश बहादुर छेडालले मुख्यमन्त्रि दीर्घबहादुर सोडारीले फाइनलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । सुदुरपश्चिम प्रदेश भरिका गत साल एसईई दिएका विद्यार्थीहरुको सहभागीता रहेका  SEE IDOL-3 वि. स. २०८० साल असोजदेखि फाल्गुण सम्म ३० वटा अडिसनहरु सम्पन्न भएका थिए । जसमा नृत्य र गायन विधामा करिब  ३०० विद्यार्थीको भई त्यसबाट छनोट भएका उत्कृष्ट ६७ जनाले २०८१ बैशाख १५ गते भएको सेमिफाइनलमा सहभागिता जनाए । सेमिफाइनलबाट गायनमा उत्कृष्ट १७ र नृत्यमा उत्कृष्ट १६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् । 

नृत्यमा विजेता र उपविजेता हुने प्रतिस्पर्धीहरुले जनही नगद रु ५० हजार र २५ हजार सहित प्रमाण पत्र र ट्रफि हात पार्नेछन् भने गायन तर्फको विजेता र उपविजेता हुने प्रतिस्पर्धीहरुले पनि जनही नगद रु ५० हजार र २५ हजार सहित प्रमाण पत्र र ट्रफि हात पार्नेछन् । यसका साथै नृत्य र गायन दुवैमा विजेता, उपविजेता सहित सान्तवना स्थान प्राप्त गर्ने १ गरि हरेक विधा ३ गरि दुवै विधाका ६ जना विद्यार्थीहरुले कक्षा ११ र १२ पढ्न छात्रवृत्ती प्राप्त गर्नेछन् । SEE IDOL-4 (नया संस्करण) को लागि नाम दर्ता पनि फाइनलबाटै SEE IDOL-3 को फाइनलबाटै सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस