अछामका २ महिलासहित ३ जना काठ कटान तथा ओसारपसार मुद्दामा पक्राउ

177 

अछाम, पुस १३। अछाममा काठ कटान तथा ओसारपसार मुद्दामा फरार रहेका ३ जना पक्राउ परेका छन्।

अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्।

तीनै जनालाई जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा २२ हजार ४११ जरिवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका तीनै जनालाई शुक्रवार प्रहरी चौकी भौरवस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस