पशु कल्याण धनगढीको पहिलो साधारणसभा सम्पन्न, तदर्थ समितीलाई नै निरन्तरता

897 

धनगढी। पशु कल्याण धनगढीको पहिलो साधारणसभा सम्पन्न भएको छ । आज (शनिबार) बिहान भएको पहिलो साधारणसभाले पुरानो तदर्थ समितीलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

पुरानो अध्यक्ष रहेको चेतराज अबस्थी (यस्पाल) सहितको  तदर्थ समितीलाई नै निरन्तरता दिने निर्णय गरिएको पशु कल्याण संघ धनगढीले जनाएको छ। बिगतमा गरेको कामको मुल्यांकन गर्दै अझै थप नयाँ कामहरु गर्ने निर्णय पनी पारित गरिएको जनाइएको छ। अवस्थीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती छ।

धनगढीमा छाडा तथा बेशाहारा चौपायाको व्यवस्थापन गर्न बनेको पशु कल्याण धनगढीले विगत लामो समय देखी बेशाहारा अपाङ्गता भएका चौपायाको व्यवस्थापन, पशुको उद्धार, संरक्षण उपचार संरक्षण गर्दै आइरहेको छ। अध्यक्ष अवस्थीले पुरानो कार्यसमितीलाई निरन्तरता दिएकाले आफुले थप नयाँ ढंगबाट काम गर्ने निर्णय गरिएको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस