456 |
साउन १३ कैलाली । कैलालीमा सालीलाई करणी गरेको गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् । कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा चुरे गाउँपालिकाका १४ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन्। किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।
किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको छ। पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन्। पीडित बालिकाका अभिभावकलाई बोलाएर किटानी जाहेरी दिन प्रहरीले आग्रह गरेको बताइएको छ ।