साँफे की नौ रङ्गी डाँफे (भाग २)

2.8K 

पुसको ठण्डा र शुष्क हावापानी त्यसैमा निरन्तरको वर्षा बस बाहिर सिमसिम पानी शरीरमा थामी नसक्नु चिसोको महसुस नहुने कुरै थिएन । यात्रा थियो हाम्रो धनगढी देखी पोखरा सम्मको।

हरियो सुट, कालो ज्याकेट, खुट्टामा क्लोज सुज,ओठमा गुलावी रङको लाली,आँखामा हल्का काँजल,कानमा कालो टप, नाकमा मझौला प्रकारको फुली, हातमा खैरो कलरकोह्याण्ड ब्याग र केसलाई छर्पस्ट गरेकी उनी मानौकी प्रकृतिमा वसन्त ऋतुको आगमन भए जस्तै थिइन्। हामी मध्य नेपालको एक प्रशिद्ध पर्यटकीय स्थल पोखराको यात्रामा पुगेर जीवनका अनेकौ खुसी पोख्न चाहान्थ्यौ । हामी दुवै सुदूरपश्चिमेली पहिलो पटक यात्रामा थियौं।बसले आफ्नो गति प्रारम्भ गर्यो।

जसरी बसले आफ्नो गति बढायो उनले आफ्नो शिर मेरो काँधमा राखिन् । मैले भने के हो बस चलेकै छैन डाक्टर साब सुतिराछन् त के होउनि धनगढीको माया मेट्रो हस्पिटलमा काम गर्थिन् त्यो कुरा हाम्रो अछामको भेटमा म जानकार थिए । उनले एक वाक्यमा भनिन् “सुत्न मिल्दैन र मैले भने मिल्छनि किन नमिल्ने होर”?बसमा हाम्रो यात्रा रात्री कालीन थियो । बस आफ्नै गतिमा थियो बसमा निकै चर्चित “एकै नजरमा माया बस्यो है” भन्ने बोलको आधुनिक गित गुन्जिरहेको थियो मलाई उनि संग अछाममा भएको त्यो पहिलो पटकको भेटको आद ताजा भयो । एकै छिनमा उनी निदाइन् तर मलाई भने बसमा साह्रै गाह्रो लाग्ने निन्द्रा लाग्ने कुरै भएन । त्यसैमा पुसको महिनामा पानी परेको दिनमा रात्री कालीन यात्रा ।

केहि समयको यात्रा पछि हामी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मित्रताको संगम कर्णाली चिसापानीमा पुग्यौ । बस एक छिन रोकियो  यात्रुहरु धमाधम बाहिर निस्कि रहेका थिए । बस एकै छिनमा खाली भयो । तर कर्णालीको चिसो चिसो माछा भन्दै बस भित्र पसेका व्यापारीले बस खाली भएको महसुस भने हुन दिएका थिएनन् । सह–चालकले अलि हतारको स्वरमा भन्यो “बस धेरै बेर रोकिन्न छिटोछिटो आउनु होला” भन्यो ।मेरो जीवनको यो यस्तो क्षण थियो कि मैले यसलाई शब्दमा वर्णन गर्न सक्दिन।कसलाई नहुदो होर जीवनको महत्वपूर्ण मान्छे जो मेरो काँधलाई जीवनको सबैभन्दा आन्नदायी विश्राम स्थल मानेर हाम्रा अनेकौ सपनाहरु बुनिरहेको छ ।

बसले केहि समयको विश्राम पछि आफ्नो यात्रा प्रारम्भ गर्यो ।मेरो मनमा एउटा मात्र कुरा चलिरहेको थियो जीवनका जुनसुकै मोड र अवस्थामा पनि उनले मेरो उपस्थितिलाई यसरी नै आन्नदायी र सुखमय मानोस् ।बसको यात्रा जीवनकै सबैभन्दा नमज्जा मान्ने म त्यो दिन खै यो बसको यात्रा कहिल्यै न टुङ्गिदिए हुन्थ्यो भन्ने सोचिरहेको थिए । बसले बर्दिया राष्ट्रिय निकुञ्जको भूगोललाई केहि समयमा समाप्त गर्यो । 

हामी निरन्तरको बाहिरको झरि जस्तै एकअर्काको अंगालोमा बाधिएका थियौं ।हामी एक छिनमा कोहलपुर पुग्दा नपुग्दै उनको मोबाइलमा फोनको घण्टी बज्यो रातीको समय उनि निकै निन्द्रामा थिइन् ।फोनको घण्टी २÷३ चोटि बज्यो मैले मधुरो स्वरमा भने “डाक्टर सापफोन आइराछ उठाउने होइन” उनले निन्द्राकै मोडमा भनिन् “किन उठाउने र त्यही ललिता होली त, आउने बेला तपाई संग जान्छु भनेकी थिए” ललिता उनकी संगै कलेज देखिकै एकदम मिल्ने साथी हाल पनि एउटै हस्पिटलमा संगै काम गर्ने साथी हो उसको म संग पनि एक दुई चोटि भेटघाट भएको छ उसलाई हाम्रो सम्बन्ध कारे राम्रो जानकारी छ ।मैले फेरि भने “फोन बजि राछ के उठाउने होइन यत्रो समय देखि के भाको के यार रिसिभ गरन के” उनले “म सक्दिन हजुर उठाउनुन तपाई आफै कस्तो निन्द्रामा छु” भनेपछि उनको मोबाईल मैले लिए यता फोन नउठेपछि होला सायद उताबाट एस् एम एस् आयो त्यो एस् एम एस् देखेर मेरो हालत यस्तो भयो त्यसको कल्पना पनि गर्न सक्दिन ।

 किनकी त्यसमा एउटा लाईन लेखिएको थियो “आज फोन उठ्दैन त मेरो मुटु कता हो” के भन्ने?क के गर्ने? जीवनमा एउटा असल साथीको ढिलै भएपनि आगमन भएछ भनेर जीवनका अनगिन्ती सपना बुनेको म कतप छिटो कसै प्रति यथि छिटै यति चाँडो विश्वस्त भएको? यस्ती गल्ति त म नगर्ने मान्छे हु? यो कस्तो मेरो भाग्य? यस्ता अनेकौ प्रश्नहरुले मेरो मन र मष्तिष्कमा आन्दोलन गर्न थाले के भन्ने उनि मस्त निन्द्रामा थिइन् केटिहरु पनि कस्ता होलान् अचम्म है एउटा सोझोलाई जे गर्दा नि हुने यस्तै यस्तै गरि उनि प्रति यो मनमा एक किसिमको विद्रोह चल्न थाल्यो ।एक छिन आफूले आफैलाई समाल्दै पहिला त्यो एस् एम एस् डिलिट गरे किनकी उनले त्यो देखेर अरु थप वातावरणमा खलबलिको आगमन नहोस् म एउटा कुरामा के सचेत थिए भने त्यै कुरा सत्य हो वा होइन भन्ने विषयमा मैले पुष्टाई गर्न त्यति बेला नै सुरु गर्ने हो भने त्यसको परिणाम राम्रो हुने वाला थिएन अनि भने डाक्टर साब “अब फोन नआउला जस्तो यो फोन राखन” उनले निन्द्रमै हातको इसाराले हान्ड ब्यागमा हाल्न भनिन् ।

बसले यत्तिकैमा कोहलपुर छोडेर बुटवलको लागि अघि बढि सकेछ । मेरो यात्रा जुन सपनामा बाँधिएर अघि बढेको थियो त्यसमा भाइस भर्सा आएको थियो ।के गर्ने के नगर्ने के भनु नभनु एउटा यस्तो समयमा जसले कसैलाई यति धेरै विश्वास,भरोसा,इमान्दारीता र समर्पणका साथ माया गर्छ त्यो केटा मान्छेले मात्र यो कुराको यथार्थमा महसुस गर्न सक्छ ।त्यो राति त्यस्तै सोच्दा सोच्दै भुतुकै निदाएछु।मलाई बिहान भएको पनि पत्तै भएन बाहिरबाट म कस्तो थिए म कस्तो देखिदैछु त्यो उसले देखेकी थिइ तर अन्तर आत्मामा मेरो स्वरुपमा निकै क्रान्ति आएर एउटा व्यवस्था नै परिवर्तन भए जस्तो लाग्यो जस्तो कि नेपालमा राजतन्त्रात्मक व्यवस्था परिवर्तन भएर एक्कासी रातारात गणतन्त्र आए जस्तो ।हामी पोखरा झन्डै ११ बजे सम्म पुग्ने समय बसले पहिले नै पूर्व निर्धारण गरि सकेको थियो ।नभन्दै हामी पोखरामा पाइला टेक्न सफल भयौं ।राति को एस् एम एस् मेरो मन परिवर्तनको क्रान्ति त्यो सब बारे उनि चाँहि पूर्ण रुपमा अनविज्ञ थिइन् । 

पोखरा बस पार्कमा उत्रि सकेपछि उनले थकित स्वरमा भनिन् “माहाराज म त के घुमौला र यस्तो टाउको दुखिराछ भोकले होकि के ले हो” मैले भने “भोकले होला खाना खाएर हेरौंन फेवातालको दर्शन भएपछि सब ठिक हुन्छ, अनि तपाई संगै हुदा त मलाई केहि हुन्न भन्थ्यौ त आज के भए छ”? हामी नजिकैको होटलमा खाना भनि पुग्यौ तर यो बिचमा मेरो मनमा भने त्यो हिजोको कुराले यो कुरा के हो छिटो सोध भनेर सूचना उठाई रहेको थियो र म पनि वास्तवमा त्यो उपयुक्त समय खोजिरहेको थिए ।

पुग्दा पुग्दै भन्ने हो भने खाना नखाला भन्ने रात भरिको यत्रो लामो यात्रा म तत्काल यो भन्ने पक्षमा थिएन । दुवैले खाना खायौं अनि फेवा ताल घुम्ने त्यतै लेक साईटमा बस्ने निर्णय गर्र्यौं।हामी न्यु पाल्पाली होटेल एण्ड लजमा बस्यौं ।फ्रेस भएपछि मैले हिजोको त्यहि म्यासेज बारे भन्ने निधो गरे ।“डाक्टर साब एउटा कुरा भनौ की नभनौ फेरि रिसाउन मिल्दैन जे हो सत्य भन्ने ल उनले अलि आश्चर्य को भावमा भनिन् “भन्नु र के हो यत्रो बाचा कसम खाएर मात्र भन्ने” मैले त्यो म्यासेज उनको मोबाइलबाट डिलिट गरेर आफ्नो मोबाइलमा स्क्रिन सट गरेर राखेको थिए मैले सिधै देखै यो को हो? कसले यो म्यासेज पठाएको? उनले त्यो म्यासेज हेरिन् एक छिन एक्कासी लामो श्वास फेर्दै भनिन् “खै मलाई के थाहा यो कसले पठायो मेरो जन्म दिने आमा बुवालाई साक्षी राखेर भदै छु तपाई कै अगाडि फोन हान्छु तपाई बुझ्नुहोस् बरु ठिक छ म बरु जुन सुकै मूल्य चुकाउन नि तयार छु” उनको अनुहारमा केहि डर, केहि आत्मविश्वास, ईमान्दारीता यस्तै यस्तै कुराहरु झल्किन्थे । उनको मेरो प्रश्नहरुमा आएको यस्थो जवाफले मैले रिसाएको स्वरमा भने “के हो यस्तो पनि गर्ने यस्तो कुरा लुकाएर के मेरो जीवनमा माथि खेलवाड गर्न खोजेकी? केयहि हो उउटा जिम्मेवार मान्छे ले गर्ने? यस्तो कुरा गर्न सुहाउँछ?” मेरा यस्ता एकै स्वरमा आएका महाभातर कालमा गुरु द्रोर्णाचार्य माथि अर्जुनले चलाएका वाण जस्ता प्रश्नले उनि भाव विहोल भइन् ।उनले एकै छिनमा यो प्रकृतिले महिलालाई जित्न दिएको ब्रमास्त्र प्रयोग गरिन् आँखा तिलपिल पार्दै रुन सुरु गरिन् ।

मैले मुस्कुराउँदै भने “लाटि त्यो त मैले तिम्रै मुटुको टुक्रा त्यहि ललितालाई भनेर नयाँ नम्बरबाट म्यासेव गर्न लाएको त, कति छिटो रोएको है” मेरो यो लाईन नटुङ्गिदै आसु पुछेर कति बेला यो अङ्गालोमा आईन् पत्तै भएन । त्यस पछि हामी फेवा तालको अवलोकनका लागि भनेर निक्कियौं‘‘‘‘

लेख पढिदिनु भएकोमा आभार सहित धन्यवाद!!!!!!

कृष्ण पाठक

प्रशासन सहायक

भाग १ यहाँ “ साँफे भेटिएकी नौरङ्गी डाँफे”

(कलिलो उमेर कलिला औंलाबार टुनामुना जोडेर कोरेको यो आलेख कसैको जीवनमा मेल खानगए संयोग मात्र हुनेछ !!!)

यात्रा यसरी सुरु हुन्छ– बाजुरा, बाजुराको सदरमुकाम मार्तडी, थकान शरीर, धुलोले कर्ते नछोडेका कपडा, सानो झोला यात्रा थियो धनगढी, कैलालीको । यताउती हेरें तिर्खा लागेको थियो, पेटलेनी बारम्बार रितिएको खबर दिइरहेको थियो, शरीर आफैमा लम्पसार पर्न चाहन्थ्यो तर मेरो लागि भने मार्तडी नौलो थियो, नौलो नी कसरी नहोस् एक्कासी फ्लाइटको टिकट क्यानसिल भएर हतार–हतार जीप चढेर गन्तव्य पुग्न दौडिएको म ।

यसो हेरे बाहिर NEPAL TOP को ठूलो ड्रम, त्यसमाथि लोटा वरिपरि टिनले बेरिएको दुई, तीन जना अट्ने जत्रो एउटा सानो होटेल नयनले रोप्यो गए, सोधे “साउनी।

धनगढी जाने गाडी पाउँछ होला ? तिर्खा, थकान, आराम सब थाती राखेर गन्तव्य पुग्ने हतार गरें मैले मेरो पूरै शरीर एकैचोटि सरर नियाल्दै साउनीले जवाफ दिइन् “ छैन सर बाटो बन्छ रे अगाडि “ मैले आत्तिए जस्तो मुहार पारी भने किन र ? जवाफ यति छिटो आयो मानौ मैले प्रतिप्रश्न नगरेरै आफै जबाफ आए–जस्तो “उता अछाम साँफ्या बन्दछ, बसले मान्छे छानेछ जाम छ !“ यत्ति भनिसकेपछि तिर्खाएको आत्मा, थकान शरीर भने प्रतिकूलता तिर गयो। त्यसपछि झोला नजिकैको कुर्चिमा राख्दै थकान शरीरलाई टेबल नजिकैको कुर्चीमा राख्दै फेरि भने “अब कसरी जाने होला गाह्रो भयो त, बरु पानी दिनुन असाध्यै तिर्खाएको छु”


सर,पानी लिनुहोस्। मैले पानीको गिलास लिए। असाध्यै तिर्खाएको कारण म एकै स्वाँसमा पानी पिए! घामले विस्तारै आफ्नो मलिनता छोड्दै थियो। नयाँ ठाउँ, नयाँ परिवेश, थकान शरीरले झनै सिथिलता उजागर गर्दै थियो। साँझ पर्न लागेको त्यो वातावरणले देखाएको थियो। मैलै थाकिएको स्वरमा भने म्याय आज कोठा होला नी यतै बस्नुपर्ने हो? साउनीले मेरो प्रश्न सक्किन नपाउँदै जवाफ दिनुभयो “ कति दिन हो, सर वस्नुपर्ने? कोठा छ त,बस्नुहोस् न ! “मैले पनि साउनीको जवाफ नसकिदै जवाफ फर्काए “होइन, होइन मेडम धेरै होइन आज एक दिन हो, भोलि त केहि विकल्प होला नी सकभर जानुपर्छ”। साउनीले मेरो तिर नहेरि एकै स्वासमा अति विनम्रताका साथ भन्नुभयो“ सर ठीक छ भोलि गाडी पाउनु भएन भनेनी के भयो र यतै बस्नुहोला नी“ मैले पनि अलि लामो स्वास फेर्दै भने “ठीक छ ती गाडी भेटिएन भने त के गर्ने र यतै बसौलानी त’ यसरी हाम्रो संवाद चलिरहेको थियो साँझले पनि आफ्नो उपस्थिति विस्तारै फैलाउँदै थियो।गाडीको आवतजावत, इभिनिङ वाक गर्ने हिडाइमा पनि कमी देखियो, हिमालयले पठाएको चिसो हावाले शरीरलाई बारम्बार डिस्टर्ब गरिरहेको थियो । म एकछिन बाहिर निस्के हे मेडम “मैले होटेलको मूल ढोकातिर हिड्दै भने साउनीले नी “ हुन्छ तर थाक्नुभाछ खाना छिटो खाउला एकछिन निस्किदा के भयो र, जानुहोस् न सर“ भन्दै प्रतिउत्तरमा बोल्नु भयो।


‘‘बाहिर निस्के कञ्चन आकाशमा ताराहरुको जमघटले साँझको अध्यारोको आभास हुन दिएका थिएनन्। यताउतिको वातावरणमा बत्तिको उज्यालोले भय त झनै तल पनि ताराहरूनै छन् कि भन्ने अनुभूति हुँदै थियो। अलि अगाडि पुगे मेरो लागि तथाँ ठाउँ थियो र प्रत्येक पाइलामा त्यो साँझपख पनि निकै सुन्दरताले भरिएको कुनै प्रकृतिको टुक्रामा यात्रा गरिरहेको आभास गरिरहेको थिए। १०÷१५ मिनेटको त्यो वाक पछि फर्किने निधो गरें, थकान शरीरले मलाई धेरै हिँडिको अब आराम गर्नुपर्छ भन्ने सूचना पहिल्यै प्रकासित गरेको थियो। होटेल पुगेँ अनि अलिकति पनि विश्राम नगरे भने“ मेडम कुन रूम हो बरु रुमतिर जान्छु देखाइदिनु होस्न ?“ साउनीले नी झट्ट जवाफ दिइहाल्नुभयो, सर, मैले तपाईंको झोला अघिनै राखिसके यो चाबी माथिल्लो तलाको ७ नं. कोठा हो है ?“ टाउकोको इसाराले हुन्छ भन्दै म कोठातिर लागे हिमाली जिल्लाको चिसोले मलाई दिउँसोको गर्मीको उपस्थिति माथि प्रहार गरिएको जस्तो महसुस भयो। कोठामा एउटा सानो बेड उत्तरतिर राखिएको सानो झ्याल, एउटा सानो स्टडिं टेवल थियो। जुत्ता फुकालेर वाथरुम तिर गएर फ्रेस भए । उत्तरतिर राखिएको झ्याललाई थोरै खोले अनि बाहिर नियाले यी नयनहरुले। हिमाल होइन, कुनै नदिको बगरमा ठूलो बजार भए जस्तो लहरै विजुली बत्तिको उज्यालो,त्यो सुनसान शहरमा देखिएको थियो । केहि मिनट मेरा नयनले आफूलाई त्यसै उज्यालोको बगरमा आफ्नो उपस्थिति जनाइदिए।एकछिन आराम गर्न भनि बेडमा पल्टिए तर गाडीको यात्रालाई अत्यन्तै मैले मेरो जीवनको अत्यन्तै अप्ठ्यारो क्षण मान्ने हुँदा कसरी कहिले घर पुग्ने भन्ने प्रश्नहरू मनमा जवाफ खोजिरहेका थिए। यसो फ्रेस हुन मोबाइल हेरे इन्डियन प्रिमियर लिग (क्ष्एी) क्रिकेट चलिरहेको थियो। क्रिकेटको क्यान म म्याच हेर्न लागे। नभन्दै केहि मिनेट मात्र भएको थियो,“सर। सर। आउनु खाना पाक्यो भन्ने आवाज आयो आत्तिए जस्तो गरि जुरुक्क उठेँ । निदाएको रहेछु। त्यसपछि खाना खान गए। खाना साँच्चिकै मिठो र सन्तुष्ट गर्न लाएक थियो। खाना खाइसकेपछि म आफ्नो कोठातिर लागे। रातीको ९ बजीसकेको थियो। थकान शरीर भएको हुँदा खाना खाइसकेपछि शरीर मलाई समात्न गाह्रो थियो निदाएँ –––। बिहानको सात बज्यो। घाम मेरो बेडसम्मै आइकेको रहेछ। झ्यालबाट ती मनमोहक हिमालको दृश्यले झन् झन् लोभ्याइरहेका थिए। केहि समयपछि साउनी आउनुभयो र भन्नुभयो । “सर । चिया पिउनु, मैले बडेबाटै भने “मेडम म चिया पिंउदिन ठीक छ एक छिनपछि खाना खाउला नी । त्यसपछि साउनीले अलि अचम्म माने जस्तो गरि भन्नुभयो “ए होर ठीक छ सर बरु अरु कुनै नास्ता बनाउनुपर्छ र ? मैले पनि कुनै पज नगरि भने “नाइ–नाइ मेडम केहि नखाऊ खाना खान्छु एकैचोटि ।“ त्यसपछि म फ्रेस भइ सामान तयारी अवस्थामा राख्न भनि कपडा मिलाउन लागें । मैले फ्रेस भइ कपड़ा मिलाउन लाग्दा नौं बजेर पच्चीस मिनेट गइसकेको थियो । म खाना खान भनि तलतिर लागें । अनि भने “मेडम खाना लगाउन छिटो जानुपर्छ कतै गाडी छिटो पाइन्छ कि? साउनीले खाना हाल्दै मेरो तिर नहेरि भन्नुभयो ’हुन्छ, हुन्छ सर खाएर तलतिर गाड़ी हेर्न जानून“। त्यसपछि खाना खाइसकेपछि मैले आफ्नो हिसाब क्लेर गरिसकेपछि म निस्कें ।


म धनगढीको गाडी खोज्न नजिकैको बसपार्क तिर हिँडे । तर त्यहाँ कुनै पनि गाडी खुलेका रहेनछन्। मैले दिपायल सम्म समेत पुग्न पाए हुन्थ्यो । जसरी पनि पुग्नु पूर्छ भन्ने मनसाय – बनाए। मु लोकल गाडी खोज्न लागे।एउटा गाडी बेतालमाण्डौं जाने भेटियो। बेतालमाण्डौं सदरमुकाम मार्तडीबाट करिब तीन घण्टा लाग्ने बाजुराकै अर्को ठाउँ रहेछ । अर्को महत्वपूर्ण कुरा के भने त्यहांबाट अछामको साँफे जान सजिलो हुने रहेछ । मेरो यात्रा सुरु भयो। करिब तीन घण्टाको यात्रापछि बेतालमा आइपुगीयो ।म पुग्न नपाउँदै साँफेको लागी लोकल जीप लागेको रहेछ । हतार–हतार म जीपमा बसिहाले। त्यहाँबाट जीप अछाम जिल्लाको सुन्दर ठाउँ साँफेबगर हिँड्यो। वसन्त ऋतुको आगमनले छपक्क छोपेका हरिया डाँडा मनमोहक हिमाल, हामीसँगै यात्रा गरिरहेको बुढिगंगा, यी सबै कुराले यात्रा सकिएको पत्तै भएन साँफेबगर पुग्दा विहानको एघार बजिसकेको थियो। हल्का गर्मी बढि भएको महसुस भयो। खाना खानेपनि समय भइसकेकोले म नजिकैको होटेलतिर लागें। सुरुमा गर्मी महसुस भएका कारण साउजीलाई डिउ मगाए । डिउ (चिसो पेय पदार्थ)  खान नपाउँदै एउटा बोलेरो जीप होटेल नजिकै रोकियो । ड्राइभर होटेलभित्र आए । ड्राइभरले एक बोतल पानी लिए। होटेलको साउजीले चिनेका रहेछन् ।


अनि सोधे “गुरु कता हो ? आज? “ड्राइभरले बोतलको बिको निकाल्दै भने “ए हजुर मत तेल ल्याउन दिपायल जाँदै छु । यति सुनेपछि मैले’ढुङ्गा खोज्दा देउता मिल्यो “ भन्ने उखान सम्झिए अति हतार–हतारमा भनें गुरु म पनी दियायलतिर जाँदैछु लग्न मिल्छ“ गुरुले पनि मेरो कुरा टुङ्गिन नपाउँदै तुरुन्त जवाफ दिनुभयो “हुन्छ सर तर म आधा घण्टा पछि जान्छु यतै बसिराख्नु“होला“ मैले यस्तो आश्वासन सुनिसकेपछि हुन्छ हुन्छ म खाना खान्छु जाउँलानी भने । मैले खाना खाए। केहि दिन रेष्टकालागि भनि कोठातिर जाने भन्ने सोंचे। एकैछिनमा हल्का खैरो कपाल, मृग नयनी जस्ता आँखामा गाँजल गुलाबी रङ्गको हल्का ओठको लाली, हरिया चिटिक्क परेको शरीरमा हरियो कलरको सुट, कालो कतर रङ्गको खुट्टाका स्याण्डल चप्पल, हातमा हल्का खैरो कलरको सानो ब्याग, दाँया हातमा कालो कलरको स्मार्ट वांच, कानका रङ्गीन झुम्का भएकी यौवनले भक्कर छोए जस्ती युवतीको होटेल भित्र आगमन भयो। ती युवतीले होटेलको साउजीलाई चिन्दि रहिछन् सोधिन् “दाई आज सिलगढी सम्म जाने कुनै गाडी छ र ?“ साउजीले ती युवतिको प्रश्न सक्किन नपाउँदै जवाफ दिनुभयो । छ, छ बैनी एउटा बोलेरो गइराछ उहाँ सर पनि जानेरे “मलाई देखाउँदै जवाफ दिनुभयो ।

युवतीले फेरि प्रतिप्रश्न गरिन् त खै बोलेरो कता छ?“ साउजीले पनि प्रतिउत्तरमा भने “गुरुले आधा घण्टा पछि आउने भन्नु भाछ खै केहि काम होला बस्नुहोस् न’ यति भनिसकेपछि यी युवती बसिन्।मैले कुरामा कुनै आँट गरिन मलाई साँच्चिकै भन्दा नौ डाँफे जस्ती अति सुन्दर लागेकी ती युवतीलाई हेर्न मात्र मन थियो। तर त्यसरी हेर्ने मात्र कहाँ सक्थेर म । केहि समय यसरी नै हामी बसिराखे त्यसपछि बोलेरो जीप आयो । युवतीले गुरुलाई नजिकै जाँदै भनिन् “गुरुजी म सिलगढी सम्म जाने हो लगी “दिनुहोस है“ ड्राइभरले जवाफ दिए हुन्छ बस्नुहोस् न सर पनि जानुहुन्छु“ मलाई देखाउँदै ड्राइभरले भने हामी दुई सँगै बस्यौं । तर कुराकानी अझैसम्म भएको थिएन। केहि अगाडि पुगेपछि गुरुजी गीत बजाउनु भयो । कस्तो अचम्मको संयोग चर्चित गायक‘‘..“को गीत “एकै नजरमा माया बढ्यो हैं’ भन्ने गीत सुरूमै बज्यो।


म अचम्ममा परे, कस्तो गुरुजीले माहोल बुझें जस्तो ठ्याक्कै बजाउनु पर्ने गीत बजाएछन् भन्ने लाग्यो। यात्रा चलिरहेको थियो। हामी एक अकोलाई छड्के नजरले हेर्दै गइरहेका थियौँ । कुन चाहिँ परफ्यूम हो असाध्यै राम्रो सुवास छरिरहेको थियो।मैले आँट गरि सोधें “तपाई को घर कहाँ हो मिस“ नम्र स्वभावमा कुनै संकोच नमानी ’म बिन्दु घर साँफे नै हो एउटा घरायसी काम छ सिलगढी सम्म जाँदैछु“ मेरो एउटा प्रश्नमा आफ्नो परिचय एकै स्वरमा दिइन् । म एकछिन रनभुल्लमा परें के अर्को प्रश्न के सोच्ने भनेर। मलाई पनि प्रतिप्रश्न आउँछ कि भनेर रोक्किए,आएन । केहि समयको यात्रा पछि ’तपाई कता जाने, हो र ?“ उसले एक्कासी प्रश्न म तिर र तेसइ मैले पनि प्रश्न टुङ्गिन नपाउँदै मैले भने जाने त धनगढीसम्म हो तर आज दिपायलसम्म“जान्छु“ मेरो जवाफमा उसको कुनै प्रतिक्रिया “दिखिन मैले । यो सबै ड्राइभराईले सुनिरहेका थिए तर आफ्नो ड्राइभिङ भन्दा अन्त ध्यान थिएन। मलाई यात्रामा कुरा गर्दै जान मन थियो। तर बिन्दुले कुनै चाहना देखाए जस्तो लागेन। साँच्चै एउटा कुराको याद आयो सुन्दर मान्छेले अरुलाई खासै महत्व दिँदैनन् भनेर । तर यति सुन्दर मान्छेमा यस्तो घमण्ड होला भन्ने मैले कल्पना पनि गर्न सकिदैन जस्तो लाग्यो। हिन्दु शास्त्रमा उल्लेख भए अनुसार अति सुन्दर मानिने पञ्चकन्या भित्रकी एक अहिल्या जस्ती थिइन् । कुनै साइडबार पनि खोट लाउने ठाउँ थिएन। साँच्चै साँफे भेटिएकी यी नौरङ्गी डाँडे !




प्रतिक्रिया दिनुहोस