सुदुरपश्चिमको एक दुई स्थानमा भारी बर्षाको सम्भावना,अन्य प्रदेशमा कस्तो छ मौसमको अवस्था ?

753 

साउन १६ काठमाडौं। मुलुकका अधिकांश भेगमा अहिले वर्षा भइरहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको हो ।

आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।

त्यस्तै आज राती पनि देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३० दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।काठमाडौंमा पछिल्लो २४ घण्टामा ४१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धरानमा ७६ दशमलव ९ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस