दार्चुला लेकमका कर्मचारी कार्यालय समयमा भलिबल खेल्न बेस्त, पालिकाले निकाल्यो सेवाग्राही नभएको विज्ञप्ति
540 |
शान्ति प्रसाद जोशी/रोशन थापा/धनगढी भदौ ७। दार्चुलाको लेकम गाउँपालिकामा कर्मचारी नभेटिएको गुनासो गरिएको छ । बिहीबार हिजो लेकम गाउँपालिकामा कर्मचारी नभेटिएको गुनासो स्थानिय नरेश जोशीले बताएका हुन्।
उनले लेकम गाउँपालिमा विहिवारको दिन दिउँसै कर्मचारी कार्यालयमा नभेटिएको समाचार फेसबुक पेजमा सार्वजनिजक भएको छ । तर गाउँपालिकाले आज लेकम गाउँपालिकाकाले समाचार झुटो भनि विज्ञप्ती सार्वजनिक गरेको जनाएको छ । तर भिडियोमा अनुशार दिउँसोको समयमा कार्यालयमा कुनै पनि कर्मचारी नभएको स्पष्ट देखीएको स्थानिय नरेश जोशीले बताउनुभयो ।
गाउँपालिकाको उक्त विज्ञप्ती अनुशार गाउँपालिकाको कर्मचारीहरु गौरा पर्वको शुभकामना आदान प्रदान संगै भलिवल खेल खेलि रहेको उल्लेख गरेको छ ।
तर स्थानियले सरकारी कार्यालयमा कर्मचारी पुर्व सुचना नगरि बाहिर निस्कीनु र एक जना कर्मचारी पनि कार्यालय समयमा नभेटिनुले काम प्रति बफादार नभएको र बेवास्ता गरिएको बताएका छन्।
लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण दत्त भट्टले आफुहरु सेवाग्राही नभएको बेलामा पालिका खुलै छोडेर भलिबल खेल्न गएको कुरा सही रहेको र हामिले कुनै सेवाग्राहीको काममा समस्या नभएको बताउनुभयो । आफु बाहिर रहेको र कार्यालय प्रमुख संग बुझदा कोहि सेवाग्राही नभएका कारण कर्मचारी खेल खेल्न गएको कुरा विज्ञप्तीमा भए अुनशार नै भएको लेकम गाउँपालिकाका अध्यक्ष राम दक्त जोशीले बताउँनुभयो । सामाजिक संजालमा सो सम्बन्धकाबारेमा चौतर्फी विरोध भएको छ। उहाँले हाम्रो काम खवर दारी गर्ने हो र सचेत बनाउने हो हामी कसै प्रति पु्र्वाग्रही नरहेको बताउनुभयो।