624 |
कञ्चनपुर,पुस २६। कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका–११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको छ।
उनको बिहीबार राति १२ बजेतिर भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए। उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थि निसर्ग अस्पताल ल्याइएको थियो।
बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो।ट्याक्टर चालक बेलौरी नगरपालिका–४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए । चौधरीमाथि सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।