पुस्तकालय दिवसको पुर्व सन्ध्यामा गरिएको हाजिरीजवाफ प्रतियोगितामा नवीन,आरती र अस्मिताको समूह बिजयी

1.28K 

भदौ ८ धनगढी। १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको पुर्व सन्ध्यामा कैलाली जनपुस्तकालयले हाजिरी जवाफ प्रतियोगिता २०८१ आयोजना गरी सम्पन्न गरेको छ।

गौरा पर्व २०८१ को शुभकामनासहित पुस्तकालय दिवसको अवसरमा शनिवार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो।प्रबिधीको ज्ञान हस्तान्तरण र पठन संस्कृतीको बिकास गर्ने उदेश्यले आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा धनगढीका १२ समूहले सहभागीता जनाएका थिए। 

हाजिरीजवाफ प्रतियोगितामा प्रथम नवीन कुमार बम,आरती अवस्थी र अस्मिता चौधरीको समूह बिजयी भएको छ। यस्तै, द्वितीयमा  नेत्र बोगटी, मुकेश बोगटी, कुबेर बडैलाको समूह र तृतीयमा सन्तोष रावल,रणबहादुर साउद, सरोज जोशीको समूह बिजयी भएको छ। प्रथम पुरस्कार(चैतन्य लोकसेवा शिवनगर) बाट ६ हजार, दितीय पुरस्कार (कान्तीपुर कलेज काडमाण्डौँ) बाट ५ हजार र तितिृय पुरस्कार  जनपुस्तकालयबाट ३ हजार प्रदान गरिने बताइएको छ।

यस्तै बिजेता तिन समुहलाई धनगढीस्थीत समर्पण पुस्तक पसलले एउटा / एउटा सामान्य ज्ञान प्रदान गर्ने सञ्चालक डिल्लीराज ओझाले बताउनुभयो । जनपुस्तकालयका अध्यक्ष डाक्टर टि.एन जोशीको अध्यक्षतामा सम्पन्न खुल्ला हाजिरी जवाफ प्रतियोगिताको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री तथा जनपुस्तकालयका पूर्व उपाध्यक्ष प्रकाश बम प्रमुख अतिथी रहनुभएको थियो। यस्तै जनपुस्तकालयका प्रबन्ध समिती सदस्य हर्क बोहरा,सचिब टंक जोशी,कार्यक्रममा जनपुस्तकालयका सह-सचिव सुभाष सङ्कल्प भण्डारी लगायत बिभिन्न प्रतियोगी तथा बिभिन्न ब्यक्तीको सहभागीता रहेको थियो। 


प्रतिक्रिया दिनुहोस