138 |
भदौ १२ धनगढी। मानवसेवा आश्रम धनगढी कैलालीले वार्षिकउत्सवको अवसरमा भोली पार्कमोडमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
मानवसेवा आश्रमले आफ्नो १२ औँ वार्षिकउत्सवको अवसरमा भोली(बिहीबार) पार्कमोडमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको हो। सडकमा जिवन बिताइरहेका सहयोगापेक्षी सडकमानवहरुको सेवा आश्रमले गर्दै आइरहेको छ।
मानवसेवा आश्रमले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताए।रक्तदान कार्यक्रम धनगढी स्थित पार्कमोडमा बिहान ११ बजे देखी हुने हुदाँ सम्पुर्णमा उपस्थित भैइदिन समेत आश्रमले अनुरोध गरेको छ।