165 |
भदौ १२ धनगढी। सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता-२०८१ सम्पन्न भएको छ। धनगढीस्थीत खुलामञ्चमा तिनदिनदेखी जारी सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगिता आज बुधबार समापन भएको आयोजकले जनाएको छ।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र डेउडा प्रतिष्ठानद्वारा संयुक्त आयोजनामा भाद्र १०,११ र १२ गतेसम्म सञ्चालन रहेको ९ औँ सुदूरपश्चिम गौरा महोत्सव तथा विद्यालय स्तरीय डेउडा प्रतियोगितामा ऐश्वर्य विद्या निकेतन पहिलो भएको हो।
सहभागी विद्यालयहरू मध्ये सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजबाट सहभागी विद्यार्थीहरू दोस्रो स्थान हासिल गर्न सफल भएका हुन। यस्तै शैलेश्वरी इ. बोर्डिङ स्कुल तेस्रो र थ्री स्टार बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्।
सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य, संस्कृति, भेसभुसा रहन सहनको प्रचार प्रसार एवं युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै लोक संरकृति पुस्तान्तरण गर्ने उद्देश्यका साथ गौरा पर्व २०८१ को अवसर पारि उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। बुधवार सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामी प्रमुख अतिथि रहेका थिए।