अखिल क्रान्तीकारी सुदुरपश्चिमको दोश्रो सम्मेलन अत्तरियामा हुने

144 

भदौ १५ धनगढी। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी बिद्यार्थी सगंठन सुदुरपश्चिम प्रदेश समितिको दोश्रो सम्मेलन भदौ २४ र २५ गते हुने भएको छ । 

“सबिंधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागी दोश्रो प्रदेश सम्मेलन” मुल नाराका साथ अखिल क्रान्तीकारीले प्रदेशको दोश्रो सम्मेलन गर्न लागेको हो। आज नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सगंठनले दोश्रो सम्मेलन बारे जानकारी दिएको हो । 

क्रान्तीकारीका सुदुरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसिले दोश्रो सम्मेलनको तयारी स्वरुप बिभिन्न उप समिति समेत गठन गरिसकेको बताए । भदौ २४ र २५ गते कैलालीको अत्तरिया स्थित नमस्ते हलमा सम्मेलन शुरु हुने र त्यसका लागी मुल आयोजक समिति,आर्थिक,अतिथि सत्कार,मन्च ब्यवस्थापन, प्रतिवेदन लगायतका बिभिन्न समिति गठन गरिसकेको अध्यक्ष डिसिले बताए। 

सगंठनका केन्द्रिय अध्यक्ष, पार्टी प्रदेशका पदाधिकारी लगायत  सम्मेलनको बक्ता रहने बताइएको छ ।  दोश्रो सम्मेलनको लोगो समेत सार्वजनिक गरि सकिएको छ । प्रत्येक जिल्ला, पालिका, क्याम्पस इकाई कमिटि, सामुदायिक बिद्यालय, प्राबिधिक क्याम्पस लगायतबाट २ सय ७२ जना प्रतिनिधि आउने उनले बताए । 

प्रत्येक जिल्लाबाट ५/५ जना भुगोलका प्रतिनिधी, धनगढी उपमहानगरपालिकाबाट २ जना र अन्य ७७ पालिकाबाट १/१ जना ल्याउन भनिएको उनले बताए । क्याम्पस राष्टिय कमिटि, त्रिभुवन बिश्वबिद्यालयका क्याम्पस, सु.प बिश्विबिद्यालयका क्याम्पस, प्लस टु लगायत बिभिन्न क्लसटरमा प्रतिनिधी आउने छन्, ति मध्ये ३५ प्रतिशत अनिवार्य महिला ल्याउनुपर्ने प्रावधान बनाएको बताए ।  दोश्रो सम्मेलनपछि ५१ देखी ९९ जनाको बिचमा प्रदेश कमिटि बन्ने बताइएको छ । ९ देखी १३ जना भित्रमा पदाधिकारी चयन गर्नुपर्ने अखिल क्रान्तीकारी सुदुरपश्चिमको बैठकले निर्णय गरेको छ । सदस्य तथा पदाधिकारीमा पनि ३५ प्रतिशत महिला अनिवार्य गरिएको छ।


प्रतिक्रिया दिनुहोस