195 |
भदौ १५ धनगढी। कैलालीको धनगढीमा भोली आईतबार गाईजात्रा २०८१ को आयोजना हुने भएको छ।
शिखर आट्र्स धनगढीको आयोजना र स्वस्तीक अस्पतालको प्रायोजन, सुकदुरपश्चिम प्रज्ञा पतिस्ठानको मुख्य प्रर्बधकमा धनगढीको एसटिएस सिनेमा हलमा भोली आईतबार बेलुकी ५ देखी राती ८ बजेसम्म धनगढी गाईजात्रा हुने भएको हो।
आयोजकले आज शनिवार पत्रकार सम्मेलन गर्दै सो बारेमा जानकारी दिएको हो। गाईजात्रा मार्फत राजनीतिक अस्थिरता, विकृति, विसङ्गति लगायत सुदुरपश्चिमको भाषा कला संस्कृती लगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको कार्यक्रमका निर्देशक दीर्घ शाहीले बताए । गाईजात्राको माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनको भनाई छ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले काठमाण्डौँ आसपासमा हुने गाईजात्रा धनगढीमा पनी सुरु गरिएको भन्दै कार्यक्रम सफलताको कामना गरे । कलाकारहरु एकजुट भएर धनगढीमा पनी हाँस्य ब्यङ्ग्यात्मक शैली मार्फत शासकलाई झकझक्याउने र जनताका आवाज कला मार्फत उजागर गर्न र सन्देश मुलक कार्यक्रममा ल्याउनु भएकोमा ध्यन्यवाद ब्यक्त गरे।
गाइजात्रा कार्यक्रम संयोजक सरस्वती खड्का भट्टले सुदुरपश्चिममा महिला कलाकार न्युन संख्यामा रहेकाले कलाकारीतामा लागेका दिदी बहिनीहरुको प्रतिभा र भविश्य उजागर हुने बिश्वास ब्यक्त गरिन्। कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, बिभिन्न प्रदेश सभा सदस्य धनगढीका जनप्रतिनिधी तथा सर्बसाधारणको सहभागीता रहेको उनले बताइन्। पत्रकार सम्मेलनमा उक्त शो को टेलर पनि सार्वजनिक गरिएको थियो। गाईजात्रा हेर्न सबैलाई आउन र कार्यक्रम हेरीदिन सिखर आट्स प्रा.लीका प्रबन्धक निर्देशक राजकुमार जोशीले आग्रह गरेका छन्।